काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ ।
संघीय संसद सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ ।
प्रतिनिधि सभाको १४ औँ बैठक बुधवार दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर संघीय संसद सचिवालयले सूचना टाँस गरी आगामी चैत्र ५ गते आईतवार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक पर सार्नुपरेको बताउनु भयो । उहाँले सभामुख देवराज घिमिरे इन्टर पार्लियामेण्ट्री युनियन आईपियु को बैठकमा भाग लिन आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहेकाले पनि बैठक पछि सारिएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘बैठक स्थगित भन्दापनि यो बैठक बस्ने दिन र समय परिवर्तन भएको हो । आजको लागि निर्धारित भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गते दिनको १ बजे बस्नेगरी दिन र समय परिवर्तन भएको हो । सम्माननीय सभामुखज्युको निर्देशानुसार यस सम्बन्धी सूचना हामीले नियमानुसार टाँस गरिसकेको अवस्था छ ।
के कारणले भन्दाखेरी लगत्तै आउँदै गरेको फागु पूर्णिमा, नारी दिवस, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन साथसाथै सभामुखज्युको छिट्टै हुने आईपियुको भिजिट लगायतका विभिन्न कारणहरुले पनि चैत्र ५ गते तोकिएको अवस्था हो । सभामुखज्यु आईपियुको सम्मेलनमा भाग लिनका लागि फागुन २६ गते त्यसतर्फ प्रस्थान गर्नुहुन्छ ।’
प्रवक्ता गिरीले लगत्तै फागु पूर्णिमा, नारी दिवस लगायतका दिनहरु परेकाले पनि बैठक तत्कालै राख्न नसकिने अवस्था रहेको उल्लेख गर्नुभयो ।