राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले ललितपुरको च्यासलमा निर्माण गरिएको फुटबल मैदान दशरथ रंगशालाको विकल्प भएको बताउनुभएको छ ।
मंगलवार ललितपुरको च्यासल रंगशाला उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङले च्यासल रंगशाला विकल्पको रुपमा प्रयोग गर्नका लागि निमार्ण गरिएको बताउनुभएको हो । रंगशाला खेल खेल्नका लागि मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न उपयुक्त हुने गरी पूर्वाधारसहित निर्माण गरिएको सचिव घिसिङले बताउनु भयो । घिसिङले दशरथ रंगशालाको विकल्पको च्यासल मैदान प्रयोग गरिने बताउनु भयो ।
विभिन्न प्रदेशमा रंगशाला निमार्णको काम भइरहेको र राष्ट्रिय खेलकुद परिषद्ले दशरथ रंगशाला भन्दा पनि ठूलो, हजारौ हजारौँ दर्शक अट्ने क्षमता भएको रंगशाला निमार्णका लागि जग्गा खोजिरहेको समेत सदस्य सचिव घिसिङले बताउनु भयो । परिकल्पनामा रहेको रंगशाला व्यवस्थित पार्किङसहित आवश्यक पूर्वाधारसहित निमार्णका लागि उपयुक्त जग्गाको छनोटका लागि परेको र आगामी दिनमा छिट्टै नेपालको सबैभन्दा ठूलो रंगशाला निर्माणका लागि शुरु गर्ने घोषणा गर्नुभयो ।
सदस्यसचिव घिसिङले च्यासल रंगशालामा शहीद स्मारक ए डिभिजन लिग आयोजना हुने समेत बताउनु भयो । त्यसका लािग एन्फाले तालिका पनि सार्वजनिक गरिसकेको छ ।