रविन्द्र जोशीको बर्खास्तीको माग राख्दै बिरोध

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका ३ उपाध्यक्षसहितको कार्यसमितिले अध्यक्षले बढाएको भन्दै बिरोध गरेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फा महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका तीन उपाध्यक्षसहितको कार्यसमितिले अध्यक्षले बढाएको भन्दै बिरोध गरेका छन् ।

बुधवारलाई तय भएको कार्यसमिति बैठकमा बहुमत सदस्यले आफ्नो माग समावेश नभएसम्म कार्यसमिती बैठक शुरु हुन नसक्ने अडानकाबीच एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बलपूर्वक ६–७ वडा एजेण्डा अगाडी बढाएपछि ११ जना केन्द्रिय सदस्य बैठकस्थलबाट बाहिरिएका छन् । बिहान आठ बजेबाट शुरु हुने भनिएको बैठक दुई पक्षबीचको विवादका कारण समयमा शुरु हुन सकेको थिएन । उनीहरुले बैठकमा एजेण्डा राख्न माग गर्दै दिएको ज्ञापन पत्रमा आफ्ना मागहरु समावेश नगरेको भन्दै बैठकमा बिरोध जनाएका हुन् ।

तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत १२ सदस्यको मागविपरित अध्यक्ष पंकजविक्रम नेम्वाङले कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षको बर्खास्तसहित विभिन्न पाँच एजेण्डा नथप्ने निर्णय गरेका थिए । सो विषयपछि बैठक उत्कर्षमा पुगेको थियो । असन्तुष्ट मध्येका केन्द्रिय सदस्य टिमका लामाले निवेदन लेखेर एन्फा बैठकको उपस्थित पुस्तिकाबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा समेत गरेका छन् ।

उनले महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग एजेण्डमा नसमेटिनु दुःखद् भएको र अध्यक्ष पंकजविक्रम नेम्वाङसहित २० जनाको उपस्थिति भएकोमा १० जनाले मात्र उपस्थित पुस्तिकामा हस्ताक्षर गरेको हुँदा बैठक अवैध रहेको भन्दै हस्ताक्षर गणना नहुनेगरी फिर्ता लिएका छन् । तर एन्फा अध्यक्ष पंकजले भने एन्फा विधान सम्मत तरिकाले बैठक बसेको बताउनु भयो ।

उहाले बैठकमा कोरम नपुग्दा कसरी बैठक कसरी सञ्चालन हुने भन्ने विषयमा विधानमा लेखेको भन्दै २० जनको उपस्थितिमा ११ जनाको उपस्थिति भएको बताउनु भयो । अध्यक्ष नेम्वाङले एजेण्डा पाँच दिन अगाडि प्रश्ताव गराउने प्रावधन भएको तर समयमा नभएको भन्दै बैठक सञ्चालन गरेको बताउनु भयो ।

तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, भोजराज शाही, भरत बुढा थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश व्यञ्जनकार, पेमा लामाले शुक्रवार एन्फा अध्यक्षलाई पत्र लेख्दै एजेण्डा थपको माग गरेका थिए । उनीहरुले आफ्नो माग समावेश नगरिएसम्म बैठक सञ्चालन हुन नसक्ने अडान राखेका थिए । साथै उनीहरुले बैठक कक्षमा रहेका महासचिव राई र कोषाध्यक्ष जोशीलाई बाहिर निकाल्न समेत माग गरेका थिए । दुवै पक्ष आफ्नो अडानमा कायम रहँदा विवाद उत्पन्न भएको हो । उपाध्यक्ष दावा लामा र दीर्घबहादुर केसी तथा अर्को उपाध्यक्ष दीपक खतिवडा र सदस्य पुरुषोत्तम थापाबीच अस्वभनिय व्यवहार पनि भएको थियो ।

एन्फा सचिवालयले १९ एजेण्डामाथि छलफल गर्ने भन्दा पनि कार्यसमितिभित्रै विवादित बन्दै आएको फिफा विश्वकप टिकटको ‘अवैधानिक बिक्री’, खेलाडीका पुरस्कार लगायतका विषय समावेश थिएनन् । उनीहरुले आफ्नो माग समावेश नगरिएसम्म बैठक सञ्चालन हुन नसक्ने अडान राखेका थिए । साथै उनीहरुले बैठक कक्षमा रहेका महासचिव राई र कोषाध्यक्ष जोशीलाई बाहिर निकाल्न समेत माग गरेका थिए । दुवै पक्ष आफ्नो अडानमा कायम रहँदा विवाद उत्पन्न भएको हो ।

यसअघि पनि कार्यसमितिका बहुमत १४ सदस्यले जर्मन नागरिक नविन पाण्डेलाई विदेश विभाग प्रमुखबाट हटाउनुपर्ने भन्दै यस्तै पत्र बुझाएका थिए । यसका साथै गत नोभेम्बर डिसेम्बरमा कतारमा भएको विश्वकपका लागि फिफाबाट प्राप्त दुई सय ९० मध्ये सयभन्दा बढी टिकट दुरुपयोग भएको भन्दै उठेको विषयमाथि पनि छलफल हुनुपर्ने उनीहरुको एजेण्डा छ ।


काठमाडौं

शनिबार, मंसिर १६, २०८०

१३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन