काठमाडौं । अस्ट्रेलियासँगको तेस्रो टेस्टको पहिलो इनिङ्समा भारत १ सय ९ रनमै अलआउट भएको छ । इन्दोरमा टस जितेर ब्याटिङ गरेको भारत पहिलो दिनको दोस्रो सेसनभित्रै अलआउट भएको हो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक २२ रन बनाए । यस्तै शुभमन गिल २१ तथा स्रिकर भरत र उमेश यादवले १७र१७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका म्याथ्यु कुन्हेमानले ५, नाथन लायनले ३ र टस मुर्फीले १ विकेट लिए ।
चार खेलको टेस्ट शृङ्खलामा भारत २–० ले अघि छ ।