धनगढी । कैलालीमा २ जना मृत अवस्थामा भेटिएका छन् । कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दले बुधबार दिउँसो उनीहरु दुवै जना सामुदायिक वनको एउटा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिनुभयो ।
छिमेकीहरुका अनुसार ललितादेवी बाख्रा चराउन जंगलमा गएकी थिइन् भने दास केकति कारणले जंगलमा गएका थिए भन्ने खुलेको छैन । गाइगोरु चराउन गएका बालबालिकाहरुले दुवै जना रुखमा झुण्डिएको अवस्थामा मृत भेटेपछि स्थानीयलाई खबर गरेका थिए । मृतक दुवै जनाका श्रीमान–श्रीमती र छोराछोरी छन् ।
घटनाको अनुसन्धान जारी छ ।