भारतको केरलामा जारी २५ औ विश्व फुटभली प्रतियोगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
वेष्ट अफ थ्रि को सेटमा भएको खेलमा पहिलो सेट नेपालले भारतलाई १५–९ ले जितेको नेपाल दोस्रो सेट भारतसंग १४–१६ ले सेट गुमाउन पुग्यो । तर तेस्रो सेटमा आफ्नो खेलमा तालमेल मिलाउँदै नेपालले भारतलाई १६–१० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । ९ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपालले सेमिफाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नेछ ।

खेलाडीको साथमा फुटभलि सघ इण्डियाको निमन्त्रणामा नेपालको तर्फबाट टोखा नगरप्रमुख प्रकाश अधिकारी विश्व च्याम्पियनसिप प्रतियोगितामा अतिथिका रुपमा सहभागी रहनुभएकाे छ । उहाँलाई केराला कर्पोरेशसनका प्रमुख मेयर डा.विना फिलिपले स्वागत गर्नुभएकाे थियाे । प्रशिक्षक राजुुविक्रम थापाको प्रशिक्षणमा रहेको नेपाली टोलीको हेड अफ डेलिगशनका रुपमा मनिष जोशी रहनुभएकाे छ ।