सन्तोष बस्याल, पोखरा । पोखरामा सेगवेको शोरुम संचालनमा आएको छ । शनिबार पोखराको पुरानो विमानस्थल नजिकै खोलिएको नयाँ शोरुमलाई आईहव प्रालिका निर्देशक लोकेश वली र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गर्नुभयाे । शोरुमलाई पोखराका व्यवसायी प्रदीप पहारीले संचालनमा ल्याउनुभएकाे हाे ।

नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरुलाई सेगवेको नयाँ उत्पादनहरु अनुभव गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । पोखराको वातावरणलाई सुहाउँदो ईलेक्ट्रिक स्कुटरहरु सेगवेमा उपलब्ध हुने आईहव प्रालिका निर्देशक लोकेश वलीले जानकारी गराउनुभयाे । उहाँका अनुसार सेगवे अमेरिकन कम्पनी र चाइनिज कम्पनी मिलेर बनेको कम्पनी हो । ‘सेगवे नेपालमा आएको एक वर्ष पुगिसक्यो । काठमाडौंमा यसले राम्रो मार्केट लिएको छ । पोखरामा पनि सफलता मिल्नेमा आशावादी छौं ।’, उहाँले भन्नुभयाे ।

२ लाँख ६० हजार, २ लाँख ९१ हजार, ३ लाँख ६० हजार र ३ लाँख ९१ हजार रुपैयाँको स्कुटर अहिले सेगवेमा उपलब्ध रहेको जानकारी उहाँले गराउनुभयाे । वलीले इलेक्ट्रिक स्कुटरमा किनिसकेपछि खासै खर्च नहुने बताउनुभयाे । उहाँका अनुसार इलेक्ट्रिक स्कुटर एकपटक चार्ज गरिसकेपछि त्यसले ७५ किमी सम्म माइलेज दिन्छ । पोखराका ग्राहकहरुलाई सेगवेको उत्पादन मन पर्नेमा उहाँ विश्वस्त देखिनुहुन्छ ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले पोखरामा संचालनमा आएको सेगवेको नयाँ शोरुमले पोखरा र आसपासका क्षेत्रका ग्राहकहरुलाई सेगवेका उत्पादनहरु अनुभव गर्न र खरिद गर्न सजिलो बनाउँदै ग्राहकको अनुभव अभिवृद्वि गर्ने कुरामा विश्वस्त रहेको बताउनुभयाे ।
बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउने संचालक प्रदीप पहारी बताउँनुहुन्छ । ‘शोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् जसले कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।’, उहाँले भन्नुभयाे ।
शोरुममा सेगवेका लोकप्रिय ईलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु रहेको उहाँले बताउनुभयाे । ग्राहकहरुलाई उत्पादनहरु परीक्षण गर्ने र जानकार कर्मचारीहरुबाट विशेष मार्गदर्शन प्राप्त गर्ने मौका प्रदान गर्ने गरी पोखरामा संचालनमा ल्याइएको भनाई उहाँको छ ।
नयाँ शोरुम पोखराको पुरानो एयरपोर्टमा रहेको जानकारी गराउँदै उहाँले नयाँ शोरुममा धेरै सुविधाहरु हुनुका साथै हालसालै सार्वजनिक भएका सेगवेका स्कुटर र बाइकहरु रहेको जानकारी गराउनुभयाे । उहाँका अनुसार सेगवेको पोखरा शोरुम करिब एक करोड लागतमा संचालनमा आएको हो ।
नेपाली बजारमा पहिले नै उपलब्ध सेगवे ई–श्रृङ्खला अन्तर्गतका ई–१००, ई–१२५, ई–११०, ले ग्राहकको प्रशंसा बटुल्नुका साथै आफ्ना सुविधाहरु र सजिलो ह्यान्डलिङका लागि प्रसिद्व छन् । भर्खरै सेगवले नेपालमा एन श्रृङ्खला अन्तर्गतको एन १०० सार्वजनिक गरेको छ । सेगवे नाइनबटको एन १०० ७२–भोल्ट ईलेक्ट्रिक स्कुटर हो जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ ।
एन १०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि।मी सम्मको यात्रा गर्न सकिन्छ । यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडी गो जस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, साथै सहज नियन्त्रण र आरामदायी सिट समावेश गरिएको छ । यसका अतिरिक्त अत्याधुनिक मोबाइल एप पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ ।