पोखरा । पोखराको लेकसाइडमा लेस्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा आएको छ । लेकसाइडको हल्नचोक नजिकै रहेको स्पाको पोखराका दुई व्यवसायीहरु सौन्दर्यकर्मी चिनु गुरुङ र व्यवसायी मिलन थापाले संयुक्त रुपमा
उद्घाटन गर्नुभएकाे हाे ।

नेपालमा सन् १९९७ मा पोखराको द फूलबारी रिसोर्टले पहिलोपटक स्पा भित्र्याएको थियो । त्यही स्पामा काम गरेका मलेसियन डानाल्डजीले यो स्पाको प्रबन्ध निर्देशक रहनुभएकाे छ । उहाँले स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार,आत्मासम्मलाई शुद्ध पारी पूर्ण आनन्द दिने बताउनुभयाे ।
यसले शरीरमा सकारात्मक उर्जा उत्पन्न गर्न र तनाव तत्काल कम गर्न मद्दत गर्ने उहाँको भनाई छ । उहाँले पोखरामा उत्कृष्ट र धेरै क्षमताको स्पा बनाएको बताउनुभयाे । फेवा टाइम्स स्वएर प्रालिले स्पामा ३ करोड भन्दा बढि लगानी गरेको निर्देशक डानाल्डजीको भनाई छ ।

अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीलाई तनाव मुक्त बनाउन स्पानै उपचार रहेको निर्देशक डानाल्डजीको भनाई छ । उहाँले उत्कृष्ट सेवालाई हेरेर र प्रयोग गरेर महशुस गर्न आग्रह गर्नुभयाे । स्पामा कटिवस्ती, जीउ तथा हात खुट्टाको मसाज, सौना, बडी, स्क्रब, डिप सेन्स मसाज, फुट बाथ, ज्याकुजी, मसाज, स्टिम वाथ, फुट मसाज लगाएतका सेवा रहेको मिडिया कोअडिनेटर एनि चाले बताउनुभयाे ।
सुमधुर संगीतमय, शान्त, प्राकृतिक सुगन्धयुक्त, मनमोहक दृश्यले भरिएको र सकारात्मक भाव जगाउने वातावरण स्पामा रहेको उहाँको भनाई छ । स्पाबाट फेवातालको मनोरम दृश्य हेदै स्पा गर्न सकिने बताउनुभयाे । उद्घाटनको अवसर पारेर एक महिना सम्म ५० प्रतिशत सम्म छुट रहेको उहाँको भनाई छ ।
स्पामा १ हजार देखी ५ हजार सम्म तिरेर विभिन्न सेवा लिन सकिने उहाँले बताउनुभयाे । उद्घाटन कार्यक्रममा सौन्दर्यकर्मी चिनु गुरुङले अनुहारको मात्रै केयर गरेर नहुने भन्दै शरिरको पनि केयर गर्न आवश्यक रहेको बताउनुभयाे ।
उहाँले शरिरको केयर गर्न मसाज नै सबै भन्दा उपयुक्त भएको बताउनुभयाे । त्यसै गरी व्यवासायी मिलन थापाले मसाज, स्पा, ध्यानले मानिसलाई तनाबमुक्त बनाउने बताउनुभयाे । उहाँले कामको तनाबबाट आराम लिन हप्तामा एक दिन भएपनि स्पा जान सुझाब दिनुभयाे ।