‘हाम्रो उम्मेदवारी सर्वत्र स्विकार्य मात्रै होइन, स्वागतको विषय बन्नेछ’:-केपी शर्मा ओली

author

समाचारपाटी

९ महिना अगाडि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गर्नुभएको छ । 
अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले आठ दलबीच राष्ट्रपतिमा काँग्रेसलाई सघाउने कुनैपनि सहमति नभएको जिकिर समेत गर्नुभयो । सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले बताउनु भयो । उहाँले नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हीतलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको बताउनु भयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले हाम्रो पार्टीको तर्फबाट र खासगरी नेपाली जनताकै तर्फबाट देशभक्त, लोकतान्त्रिक, सुशासन र विकासका पक्षधर शक्तिहरुको तर्फबाट अत्यन्तै अनुभवी, कानूनविद्, लामो समय सभामुख जस्तो गरिमामय पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका, संविधान निर्माणका संविधानसभा अध्यक्षको हैसियतले महत्वपूर्ण भुमिका पूरा गर्नुभएका सफल राजनीतिज्ञको रुपमा परिचित माननीय सुवासचन्द्र नेम्वाङजीलाई आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको रुपमा उठाएका छौं । र, विधिपूर्वक हामीले यो उम्मेदवार उठाएका छौं । र, उम्मेदवार दर्ताको निस्सा पनि हामीले बुझाएका छौं । मैले विश्वास लिएको छु पार्टीको तर्फबाट–हामीले आफ्नो दलीय स्वार्थ होइन राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको हीतका लागि, जनताको हीतको लागि, संविधानको रक्षा, कार्यान्वयन, सही सफल कार्यान्वयनका लागि, प्रणालीको रक्षा, सफल प्रयोग र प्रवद्र्धनका लागि यो उम्मेदवारी उठाएक हौं । हाम्रो उम्मेदवारी सर्वत्र स्विकार्य मात्रै होइन । स्वागतको विषय बन्नेछ । र, हरेकले, हरेक मतदाताले र मतदाताका निम्ति मतदानका निम्ति प्रेरित गर्ने मिडिया, सामाजिक सञ्जाल सबैतिरबाट पनि हामीले साथ, सहयोग प्राप्त गर्नेछौं । सिंगै नेपाली जनताको साथ, सहयोग हामीलाई हुनेछ । र, अत्याधिक मतका साथ हामीले विजय हासिल गर्नेछौं भन्ने मैले विश्वास लिएको छु । किनभने यसमा हाम्रो उम्मेदवार, हामीले उठाएको उम्मेदवार दाउपेचको उम्मेवार होइन । एक त यो वर्तमान सरकार गठन गरेकै बेला पुस १० गते नै यस विषयमा टुंगो लागिसकेको थियो । त्यसो भएर यसमा सहमत सबै पक्ष यसमा सबै पक्ष प्रतिवद्ध भएर लाग्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं । आफ्ना प्रतिवद्धताबाट, आफ्ना वचनवद्धताबाट, आफूले सार्वजनिक गरेका विषयहरुबाट कोही पनि पछि हटने खालको काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ । कुनै चिजको पनि एक सर्कल पूरा नगरीकन एउटा जुन प्रतिवद्धता छ, जुन सहमति छ । र, जुन सम्झौता हामीले गरेका छौं । त्यो पूरा नभई यताउता हुन्छ भन्ने कुरा विश्वास छैन । गठबन्धनको कुनै निर्णय छैन । आठ दलीय गठबन्धन पनि छैन । गठबन्धनका निर्णय पनि छैन । हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरुलाई बोलाइएको थियो । उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्छ । कुराकानी भईराखेको छ । हामीलाई पनि बोलाइएको थियो । गएका हौं । र, काँग्रेसलाई समर्थन गर्ने भन्ने कुरा प्रचण्डजीले भन्नुभयो । कसरी भन्नुभयो ? त्यो उहाँको कुरा हो । अरुको त्यस्तो कुरा केही छैन । सत्तारुढ गठबन्धन कहीँ बिग्रेको छैन ।’

अध्यक्ष ओलीले नेम्वाङलाई राष्ट्रपति पदमा विजयी गराउनका लागि सिंगै नेपाली जनताको, मिडिया क्षेत्रको पनि साथ रहने बताउनु भयो ।

source:newsagencynepal


काठमाडौं

शनिबार, मंसिर १६, २०८०

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन