पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका ७ मा आगलागीमा परेर २ जना बालकको मृत्यु भएको छ ।
शुक्रवार आज दिउँसो करिब २ बजे हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्धाकको घरमा आगलागी हुँदा पन्धाकका ५ वर्षीय छोरा सेसेहाङ पन्धाक र सन्तोष खातीका २ वर्षीय छोरा निशान खातीको ज्यान गएको हो।
दिउँसो अभिभावक जङ्गल गएको समयमा उनीहरु मात्रै घरमा रहेको बेला आगलागी भएको हो ।
आगलागीको कारण भने खुल्न नसकेको वडाध्यक्ष धनकुमार लिम्बूले बताउनुभयो । आगलागीबाट घर पूर्ण रुपमा जलेको उहाँले जानकारी दिनुभयो ।