काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित संघीय सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकले सांसद चौधरीको निलम्बन फुकुवा गरेको हो । सभामुख देवराज घिमिरेले संसद्मा चौधरीले आममाफी पाएको सम्बन्धी गृहमन्त्रालयको पत्र पढेर सुनाउनु भएको हो ।
करिब १२ वर्षअघि ट्याक्टर जलाएको अभियोगमा पक्राउ परेका चौधरीलाई अदालतको आदेश कार्यान्वयनका लागि कारागार चलान गरिएको थियो ।
कारागार चलाउन भएसँगै उनको सांसद पद निलम्बनमा परेको थियो । उनलाई प्रजातन्त्र दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिनुभएको हो ।