काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्मित खेलमा नेपालले ब्याटिङ सुरु गरेको छ ।
२१३ रन पछ्याएको नेपालको ब्याटिङ सुरुवात भने सुखद हुन सकेन । नेपालका ओपनर कुशल भुर्तेल १अरनमा नै आउट भएका छन् ।
उनी मार्क वाटको बलमा एलबिडब्लू आउट भएर पेभेलियन फर्किएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २ सय १२ रन बनायो । उसका लागि जर्ज मुन्शेले अर्धशतकीय पारी खेले ।