काठमाडौं । चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गर्नुभएको छ ।
प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उहाँ आफैंले एमालेबाट अलग भएका हुनुभएको छ ।
प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गर्नुभएको छ ।
एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उहाँ पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बन्नुभएको थियो । अहिले उहाँ पूर्वराजासँग नजिकिनु भएको छ ।