लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड :- प्रधानमन्त्री

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लाग्ने बताउनुभयो ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले मङ्गलबारदेखि राजधानीमा शुरु गरेको नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९” को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

लघु, घरेलु तथा साना उद्योगीले उपभोग गरेको कर्जालाई नवीकरण गरी थप पुनर्कर्जा प्राप्त गर्ने वातावरण बनाइने आश्वासन उहाँले दिनुभयो । उत्पादनमूलक लघु घरेलु तथा साना उद्योगका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जालाई पुनःपरिभाषित गर्दै सम्भावनायुक्त उद्योगहरूको प्रोत्साहनका लागि विशेष कार्यक्रम ल्याइने प्रधानमन्त्री दाहालले बताउनुभयो ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा परेको पुँजी अभाव लगायत समस्यालाई पनि सरकारले सम्बोधन गर्ने पनि उहाँले बताउनुभयो । लघु, घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिष्टार समेतमा कागजात तथा राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्थाले व्यवसायमैत्री वातावरण नबनेकोप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै त्यसबारे उचित समाधान खोजिने पनि उहाँले आश्वासन दिनुभयो ।
आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षण बिना असम्भव भएको भन्दै उहाँले आफू सधै उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकारले सदैव निजी क्षेत्रसँगको सहकार्यबाट अगाडि बढ्ने बताउनुभयो ।

महिला तथा बालबालिका मन्त्री भगवती चौधरीले समृद्ध अर्थतन्त्रको निर्माण र देश विकासमा जोडिएका लघु, घरेलु तथा साना उद्योगहरु स्थानीय बजारका साथै निर्यातमा पनि लैजान सुझाव दिनुभयो । बागमती प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री डम्बर तामाङले लघु, घरेलु तथा साना उद्योगीहरुको सीपलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिनुभयो । यस्ता उद्योगका उत्पादनलाई अन्तराष्ट्रिय बजारमा समेत लैजान सुझाव दिंदै उहाँले यस्ता उद्योगको विकासका लागि वागमति प्रदेश सघाउन तयार रहेको बताउनुभयो ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु, घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावले उद्यमीहरु टाट पल्टिन लागेको बताउनुभयो ।

आगामी शनिबारसम्म चल्ने प्रदर्शनीमा मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गरिएको छ । प्रदर्शनीको मुख्य नारा “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने रहेको छ ।

विगत केही बर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको मेला संयोजक शोभा गुरुङले बताउनुभयो । हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने मेला संयोजक गुरुङले बताउनुभयो ।

नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको र यस्ता उत्पादनहरु उपभोग गर्न उपभोक्ताहरु समेत जागरुक रहेको परिप्रेक्ष्यमा अर्गानिक उत्पादनहरुका बारेमा आम नागरिकलाई सचेतना गराउने र सहज रुपमा अर्गानिक उत्पादनहरु उपलव्ध गराउन यस्ता उत्पादनको बिक्री वितरणलाई सहयोग पुर्याउने उद्देश्यका साथ अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको छ ।

अर्गानिक उत्पादनहरुको बारेमा आम नागरिकमा जानकारी दिदै त्यस्ता उत्पादनको प्रवद्र्धन गरी अर्गानिक अभियानलाई टेवा पुर्याउन उत्पादक र उपभोक्ताको साझा मञ्चको विकास गरी अर्गानिक उत्पादनको बजार प्रवद्र्धन गर्ने र शुद्ध भोजन स्वस्थ्य जीवनको भन्ने जनचेतना अभिबृद्धि गर्ने लक्ष्य प्राङगारिक कृषि मेलाको रहेको छ भने नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरु उपलव्ध गराउने, अर्गानिक विषयहरुमा सरोकारवालाहरुसँग अन्तरक्रिया आदि गरिने अर्गानिक कृषि मेलाको उद्देश्य रहेको छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ र प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले बताउनुभयो ।


काठमाडौं

शनिबार, मंसिर १६, २०८०

१३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन