पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पुलिसका प्रिन्सलाई दोहोरो सफलता

author

समाचारपाटी

८ महिना अगाडि

नेपाल पुलिसका प्रिन्स दाहालले बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’मा दोहोरो सफलता हात पारेका छन् । मङ्गलबार पहिलो दिन राष्ट्रिय च्याम्पियन एवं बिश्व बरियतामा जुनियर तर्फ उच्च स्थानमा रहिसकेका प्रिन्सले पहिलो खेलमा कास्कीका बिधान अधिकारीलाई २१–१७, २१–११ ले तथा अर्को खेलमा नेपाल पुलिसका पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो जित प्राप्त गरेका हुन् ।

नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियतामा रहेका खेलाडीहरुको पुरष एकल तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लका रुकेश महर्जनल पनि दोहोरो सफलता प्राप्त गरेका छन् । महर्जनले पहिलो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाकओभर प्राप्त गरेका थिए भने दोश्रो खेलमा एपिएफका रोशन साउदलाई २१–११, २१–१३ ले पराजित गरे । दोहोरो जित हात पार्ने क्रममा पुलिसका बिष्णु कटुवाल पनि रहे । उनले पहिलो खेलमा एपिएफका रोशन साउदलाई २१–१३, २१–१४ ले तथा दोश्रो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाक ओभर प्राप्त गरे । यस्तै एपिएफका देवराज रानाले पनि दोहोरो सफलता प्राप्त गरे । पहिलो खेलमा एपिएफका बिजीत थापा मगरलाई २१–१९, २२–२० ले पराजित गरेका रानाले दोश्रो खेलमा पुलिसका दीपक बोहरालाई २१–९, २३–२१ ले पराजित गरे ।

पुलिसका जीवन आचार्यले पहिलो खेलमा पुलिसकै पुर्ण बहादुर थापाबाट वाक ओभर प्राप्त गरेकोमा दोश्रो खेलमा कास्कीका विधान अधिकारी संग १७–२१, १७–२१ ले पराजित भए । एपिएफका क्षितीज खनालले पनि दोहोरो जित हात पारे । पहिलो खेलमा पुलिसका दीपक बोहरालाई २१–१५, २१–१२ ले पराजित गरेका खनालले दोश्रो खेलमा एपिएफका बिजीत थापा मगरलाई २१–१२, २१–१०ले पराजित गरे । पुलिसका सुनील जोशीले पहिलो संघर्षपूर्ण खेलमा आर्मीका नरेन्द्र बमलाई २१–७, १४–२१, २१–१४ ले र दोश्रो खेलमा आर्मीका अनिल मल्ललाई २२–२०, २१–९ पराजित गरे । आर्मीका प्रफुल महर्जनल पहिलो खेलमा आफ्नै क्लबका अनिल मल्ललाई २१–६, २१–१०, ले तथा दोश्रो खेलमा आर्मीकै नरेन्द्र बमलाई २१–८, २१–७ ले पराजित गर्दै दोहोरो जित हात पारेका हुन् । १६ बरियतामा रहेका खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिगका आधारमा खेल खेलार्ईएको छ ।

नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजना तथा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको सहआयोजनामा भएको प्रतियोगिताको शिर्ष १२ औ बरियतामा रहेको महिला एकल तर्फको खेलमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले कैलालीकी अनिला सुनारलाई २१–७, २१–७ को सोझो सेटमा पराजित गरिन् । यस्तै आर्मीकै अमिता गिरीले कन्चनपुरकी निलम महराबाट रिटायर्डहर्टको आधारमा जित पाईन् । ५–१ को अवस्थामा महरा चोट बोक्न पुगेकी थिईन् । ईटहरीमा आयोजना भएको राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगिता जितेकी एपिएफकी जेशिका गुरुङ्गले मोरङ्गकी सिमा राजबंशीबाट वाकओभर प्राप्त गरिन् । महिला तर्फ पनि १२ शिर्ष बरियतामा रहेको खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिगको आधारमा प्रतियोगिता संचालन गरिएको छ ।

जित निकालेर दोश्रो चरण प्रवेश गर्ने क्रममा काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बबिस थापाले पर्साका बिशेष राईलाई २१–९, २१–२ ले पन्छाए । प्रतियोगिताको प्रदेश नं. १ का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री माननिय तिलकुमार मेन्याङ्गबो लिम्बुले एक कार्यक्रमविच उद्घाटन गरेका थिए । खेलाडीका तर्फबाट नेपाल पुलिसका बिष्णु कटुवाल र निर्णायकको तर्फबाट अन्तराष्ट्रिय अम्पायर एवं प्रतियोगिताका रेफ्रि सुमित शाक्यले प्रतियोतिामा निश्पक्षताका साथ खेल्ने र खेलाउने सपथ खाएका थिए ।
प्रतियेगिताको सहप्रायोजकमा बिराटनगर महानगरपालिका, नेपाल टेलिकम रहेकोछ भने नेपाल खेलकुद महासंघले खेलाडीहरुका लागि खाने बस्ने ब्यवस्था गरेको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शिर्ष १६ बरियतामा रहेका पुरुष एकल, शिर्ष १२ बरियतामा रहेका महिला एकल, शिर्ष १६ बरियता बाहेकका पुरुष एकल, शिर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि १० विधामा करिव २०६ खेलाडीहरुको सहभागिता रहेकोछ ।

करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार रासी ५ लाख ९८ हजार रहेको छ । जस अन्तरगत शिर्ष १६ बरियता पुरुष र शिर्ष १२ बरियता महिला तर्फको खेल लिग कम नकआउटका आधारमा हुने छ । यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तीकै नगद १ हजार ५ सय प्राप्त गर्नेछन् । यसैगरि लिग चरणमा प्रत्येक जित बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । क्वाटरफाईनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्नेछन् । सेमिफाईनल जित्ने खेलाडीले थप १६ हजार जित्नेछन् भने फाईनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने छन् । यस्तै उच्च बरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


काठमाडौं

बिहिबार, अशोज ११, २०८०

२७.१६°

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक