काठमाडौं । ओपनर कुशल भुर्तेलले ओडीआईमा पहिलो शतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा सोमबार नामिबियामाथि शानदार जित हासिल गरेको छ ।
भुर्तेललको ११५ रन मद्दतमा नेपालले ओडीआईमा कीर्तिमानी लक्ष्य पूरा गर्दै खेल जितेको हो ।
लिग टु क्रिकेटमा पनि नेपालकी खेलाडीको यो पहिलो शतक हो र नामिबियालाई लिग टु मा नेपालले हराएको पनि यो पहिलो पटक हो ।
नेपालले २८६ रनको लक्ष्य ४७.४ ओभरमा ८ विकेट गुमाएर २८७ रन बनाउँदै पूरा गर्दै जित निकालेको हो ।