काठमाडौं । लागु औषध कारोवारमा संलग्न ४ थाई नागरिक, २ भारतीय नागरिक र ७ नेपाली नागरिक गरी १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा सोलुखुम्बु, माप्यदुधकोशी वडा न ४ बस्ने ३५ बर्षीय लाक्पा शेर्पा रहेका छन् । उनीबाट प्रहरीले लागु औषध बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन एम्पुल २०,३०० पिस, नाईट्राभेट १२,९५० ट्याब्लेट र नगद ४,०५,००० सहित बरामद गरेको छ ।
विशेष सुचनाका आधारमा निरन्तर निग्रानी पश्चात लागु औषध बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन एम्पुलहरु, लागुऔषध खैरो हेरोईन तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको डिपार्चर कक्षबाट थाईल्याण्डतर्फ निकासी गर्न लागेको अबस्थामा लागु औषध चरेशसहित थाई नागरिकसहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुमाथि ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको गरिरहेको छ।