काठमाडौं । हप्ताको पहिलो दिन आज आइतवार सेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज ६० .७७ अङ्कले घटेर दुई हजार एक सय २१ .८७ विन्दुमा झरेको छ ।
सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र उत्पादन समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
दुई सय ५३ वटा कम्पनीका ८१ लाख ३९ हजार कित्ता सेयर तीन अर्ब चार करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १४ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।