‘सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस्’ :- प्रमुख आचार्य

author

समाचारपाटी

८ महिना अगाडि

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताउनुभएको छ । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खालि रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उहाँले सडक पार्किङका लागि अव टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताउनु भएको हो ।

‘‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा अव हामीले टेन्डर गर्दैनौँ, यसको अर्थ के हो भने अव सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै सकिए भन्ने बुझ्न पर्छ, प्रमुख आचार्यले भन्नुभयो, त्यस कारण अहिले महानगरले घोषणा गरेको क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि प्राविधिक तयारी नपुगेकाले मात्रै खुकुलो हुनु परेको हो ।” तर, बिम्बका हिसाबले पार्किङ व्यवस्थापनको अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।

पोखरा महानगर क्षेत्रमा बनेका भवनहरूको बेसमेन्टहरुलाई पार्किङका लागि उपयोग गरिने उहाँले बताउनुभयो । यस्तै मुख्य सडकको दायाँबायाँ रहेका खाली जग्गाहरूलाई समेत सम्बन्धित जग्गाधनीहरुसंगको समन्वय तथा सहकार्यमा नियमानुसार शुल्क लिने गरी पार्किङ कै लागि उपयोग गर्ने तयारीमा महानगर रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार पोखरा सभागृह र पोखरा प्रदर्शनी केन्द्रमा भने अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

पोखरा महानगरपालिका क्षेत्र भित्रको पार्किङलाई थप व्यवस्थित बनाउनका लागि सम्बन्धित सरोकारवालाहरुसंगको छलफल समेत जारी रहेको बताउँदै उहाँले कुनै पेसा व्यवसाय र वर्गलाई असर नपर्ने गरी पार्किङ व्यवस्थापन गरिने बताउनुभयो । पोखरा महानगरपालिकाले पार्किङका लागि व्यवस्थापन गरेका स्थानहरूमा ५ सय बढी साना सवारीहरू र ४ सय बढी मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गर्न सक्ने क्षमता रहेको प्रमुख आचार्यले जानकारी दिनुभयो । विवरण अनुसार पोखराको मुख्य बजार क्षेत्र पृथ्वी चोक–सभागृह चोक–न्युरोड–विपीचोक–महेन्द्र पुल–नयाँ बजार हुँदै पृथ्वी चोक सम्मको सडकमा २५० गाडी र ३५० मोटरसाइकलहरू पार्किङ गरेको पाइएको छ ।

‘‘सडकमा भइरहेको पार्किङको उपयुक्त विकल्प महानगरसँग छ, सडकमा जतिको सङ्ख्यामा सवारीसाधानहरु पार्किङ गरिएका छन्, त्यसको दोब्बर क्षमता महानगरले व्यवस्था गरेका स्थानमा छ, प्रमुख आचार्यले भन्नुभयो, तत्काल पार्किङ हटाउँदा व्यापार व्यवसायमा असर पर्छ कि भन्ने व्यवसायी साथीहरूको जुन किसिमको बुझाई, तर त्यसो हुँदैन ।” आफूहरू सडकको पार्किङ हटाइएको क्षेत्रमा नियमित चल्ने गरी सटल बसको समेत व्यवस्था गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । आवतजावत गर्नका लागि सम्बन्धित व्यवसायीहरुसंग सहकार्य गरी सटल बसको समेत व्यवस्था गरिनेछ ।

कार्यक्रममा पोखरा महानगरपालिका नेकपा एमाले दलकी नेता एवं वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले सडकमा हुने पार्किङ व्यवस्थापन गर्ने महानगरको अभियानमा साथ दिन सम्बन्धित सबै सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले सुन्दर पोखरा निर्माणको अभियान पोखरा ९ बाटै शुभारम्भ गरिएको बताउनुभयो । ‘‘सधैँ पोखरा कुरूप हुँदैन, अव पोखरा सुन्दर बन्छ, सुन्दर बनाउने अभियानको सुरुवात हो यो ।” उहाँले भन्नुभयो ।

सडकमा गरिने पार्किङका कारण बजार अस्तव्यस्त हुने र साँघुरा सडकका कारण सडक दुर्घटनाको जोखिम बढेपछि सडकको पार्किङ विस्थापन गर्न लागिएको हो ।


काठमाडौं

बिहिबार, अशोज ४, २०८०

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन