रुपन्देहीमा बढ्दो सवारी दुर्घटना

author

समाचारपाटी

८ महिना अगाडि

रुपन्देही । विकास निर्माणको पहिलो सूचक नै सडक हो। तीनै तहको सरकार पनि सडकलाई प्राथमिकता दिँदै विकास तथा समृद्धिलाई पछ्याइरहेका छन्।

गाउँलाई शहर र मुख्य राजमार्गसँग जोड्न महत्वाकांक्षी योजना पनि यिनै सरकारको छ। रुपन्देहीमा पनि पछिल्लो वर्ष यता बढ्दो शहरीकरण र पूर्वाधार विकासले सडकको स्तरोन्नति, विस्तार र नयाँ–नयाँ बाटो खोल्ने काम भइरहेका छन्। बढ्दो सडक सुधारले रुपन्देहीलाई विकसित सहरतर्फ लैजाँदै छ भने अर्कोतर्फ सवारी दुर्घटनाबाट गम्भीर घाइते र मृतकको संख्यामा समेत उकालो चढ्दै छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको त्रिवर्षिय सवारी दुर्घटनाको तथ्याङअनुसार रुपन्देहीमा हुँदै गरेको सडक विस्तार र स्तरोन्नतीसँगै सवारी दुर्घटनाको संख्या पनि बढेको हो। दुर्घटना बढेसँगै दुर्घटनामा घाइते हुने अधिकांश गम्भीर प्रकृतिको र मृतक हुने गरेका छन्। ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना र मृतकको संख्यामा भने न्यूनीकरण हुन सकेको छैन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याङक अनुसार रुपन्देहीमा आर्थिक वर्ष २०७७र७८मा १६२ वटा दुर्घटना भएकोमा ८२ जनाको मृत्यु र १८४ जना घाइते भएका थिए। घाइतेमध्ये १०५ जना पुरुष र ११ जना महिला गरी ११६ जना गम्भीर घाइते भएका थिए।

आर्थिक वर्ष २०७८र७९ मा १७२ वटा दुर्घटना भएकोमा ९४ जनाको मृत्यु भएको थियो। २३० जना घाइते मध्ये १३७ जना पुरुष र ३४ जना महिला गरी १७१ जना गम्भीर घाइते भएका थिए।

पछिल्लो २ वर्षमा दुर्घटनामा कमी आए पनि मृतक र गम्भीर घाइतेको संख्या भने बढ्दो छ। चालु आर्थिक वर्षको ६ महिनामा रुपन्देहीमा ८५ वटा दुर्घटना भएको छ जसबाट ४४ जनाको मृत्यु भएको छ भने ५९ जना गम्भीर घाइते र २० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा सवारी दुर्घटना पनि बढ्दो छ। यस अवधिमा भएको दुर्घटना मध्ये सबै भन्दा तीव्र गतिको कारणले दुर्घटना भएको छ, यस्तै चालकको लापरबाही र यात्रुको गल्तीले पनि केही दुर्घटना भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक साकार राज पन्तका अनुसार रुपन्देहीमा सबै भन्दा बढी दुर्घटना सिद्धार्थ राजमार्गको तिलोत्तमा नगरपालिकाको सडक खण्डमा भएको बताए। सडकको अवस्था स्तरीय र भरपर्दो भएकोले त्यस क्षेत्रमा अत्यधिक गतिकै कारण दुर्घटना बढी भएको देखिएको छ, पहिलाको तुलनामा सडकहरू स्तरीय बन्दै गएकोले लेन अनुशासन र गतिमा ध्यान नदिँदा पनि उच्च गतिकै कारण दुर्घटनाबाट गम्भीर घाइते र मृतक हुनेको संख्या बढेको देखिएको छ। पहिला बाटोहरू साँघुरो र स्तरीय नहुँदा सवारी साधान बिस्तारै जाने गरेकोमा अहिले तोकिएको भन्दा बढी गतिमा सवारी हाँक्दा अधिकांश साँझ ६ बजे पछि नै दुर्घटना भएको देखिन्छ। भएको दुर्घटना मध्ये धेरै जसो मोटरसाइकलबाट भएको छ भने केही ट्रक, ट्याङ्कर, बस र अन्य सवारी साधनहरूबाट सवारी दुर्घटना भएको ट्राफिक प्रमुख पन्तले भने।

पछिल्लो समय सडकमा बढ्दो सवारी चाप, सीमित बाटो, क्षमता भन्दा बढी यात्रु बोक्ने, सडकको अवस्था मौसमको कारण र हरेक वर्ष सवारी साधनको संख्या वृद्धि हुँदै जानुले दुर्घटना बढ्दै गएको छ। दुर्घटना तथा त्यसबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न कार्य गर्दै आए तापनि सडक सञ्जाल बिस्तार सँगै ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ खाएर सवारी चलाउनु चालकको लापरबाही, तीव्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना बढी रहेको छ। सवारी दुर्घटनाहरूमा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ।

हालै मात्रै कार्यालय प्रमुखको जिम्मेवारीमा आएका प्रहरी निरीक्षक पन्तले लेन अनुशासनको पालन नदेखेपछि पहिलो चरणमै यहाँस्थित संस्था, विद्यालय,यातायात व्यवसायी, उद्योगी व्यवसायी र सञ्चारकर्मी लगायतको सहकार्यमा ट्राफिक सचेतनामूलक कार्यक्रम सडकमै गर्न लागेका छन्। लेन अनुशासन सिकाउन र लेनको प्रयोगमा बानी विकास गर्न यो सप्ताहले केही सहयोग पुग्ने उनको अपेक्षा छ। ट्राफिक नियमको पालना गरौँ सभ्य नागरिकको परिचय दिऊँ भन्ने नाराका साथ ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन लागेको कार्यालयले शून्य सहिष्णुता कायम गर्दै मातहतका कुनै युनिट र प्रहरीले गल्ती गरेको पाए तत्काल सुधार गर्ने प्रमुख पन्तको दाबी छ। बजारमा यातायात पार्किङको लागि चुनौती हुँदाहुँदै पनि व्यवस्थापन भइरहेको छ। सीमित सडक तथा बाटोहरूमा दिनहुँ बढी रहेका असीमित सवारी साधनहरूको व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण रहेको छ। हामीहरूको उद्देश्य नै दुर्घटना र क्षति न्यूनीकरण हो, भरसक दुर्घटना नै नहोस् भन्ने चाहना हो, त्यही अनुसार सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने छौ।

सडक दुर्घटनालाई कम गराउन राजमार्गलाई वान वे गराई निश्चित लेनमा निश्चित गतिमा सवारी हाँक्ने मापदण्ड अनिवार्य लागु गर्नु पर्छ। सडकको बीचमा डिभाइडर र छेउमा मान्छे छिर्न नमिल्ने बारहरू व्यवस्थापन गरेर अवरोधहरुलाई हटाउन सके अघिल्लो भागबाट ठोक्किएर हुने दुर्घटना र ओभरटेक बाट हुने दुर्घटना रोक्न सकिन्छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले नियम विपरीत सवारी चलाउनेलाई कारबाही पनि गर्ने गरेको छ। बिना लाइसेन्स सवारी साधन चलाए, क्षमताभन्दा बढी यात्रु बोके, यात्रुवाहकमा सामान ओसार पसार गरे, बिना कागजात सवारी चलाए, तोकिएको सवारीसाधन भन्दा बढी माल बस्तु बोके जरिवाना गर्ने व्यवस्था भए अनुरूप ट्राफिक प्रहरीले कारबाही गर्ने गर्छ। रुपन्देहीमा पछिल्लो तीन वर्षमा कारबाही हुनेको संख्यामा पनि वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०७६(७७मा २२ हजार २ सय ३७ सवारीसाधनलाई कारबाही गरेर १ करोड ८० लाख जरिवाना बुझेको छ।

आर्थिक २०७७(७८मा यो संख्यामा वृद्धि भई ५८ हजार १ सय ८४ सवारीसाधनलाई कारबाही गर्दा ५ करोड ७३ लाख राजश्व जरिवाना स्वरूप संकलन भएको छ भने आर्थिक वर्ष २०७८/७९मा ६५ हजार ९सय ५० वटा सवारीसाधनलाई कारबाही गर्दा ६ करोड ९१ लाख राजश्व संकलन भएको छ।

जति भौतिक पूर्वाधार व्यवस्थित हुँदै गएका छन्। सोही अनुसार नियम मिच्ने पनि बढी रहेका छन्, यो चेतनाको अभाव र मनोमानीकै कारण भएको छ। कारबाही नै समाधान नभए पनि सचेत गराउनका लागि तोकिएको मापदण्ड अनुसार नै ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ। चालु आर्थिक वर्षको पौष मसान्तसम्म पनि कार्यालयले २२ हजार २ सय पचास सवारीसाधनलाई कारबाही गरेर २ करोड १३ लाख राजश्व जरिवाना बापत संकलन गरिसकेको छ। कारबाही हुनेमा सबै भन्दा बढी ओभरलोडका ट्रक हुने गरेको छ, अधिकांश ओभर लोड ट्रकलाई ट्राफिक प्रहरीले बेलहिया बाइपासमै जरिवाना गरेर नेपाल भित्राउने गरेको छ।


काठमाडौं

बिहिबार, अशोज ११, २०८०

२९.३८°

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक