पोखराको फलेपाटन सिद्ध माविका छात्रछात्रालाई निःशुल्क स्पोर्ट्स ड्रेस वितरण

author

समाचारपाटी

८ महिना अगाडि

पोखरा । पोखराको फलेपाटन स्थित श्री सिद्ध उच्च माध्यमिक विद्यालयका छात्र छात्राहरूलाई स्पोर्ट्स ड्रेस वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं –१५ मा रहेको एक मात्र सामुदायिक विद्यालय श्री सिद्ध उच्च माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका झन्डै १५० जना छात्र छात्राहरूलाई पोखरा कम्युनिटी सपोर्ट सेन्टर र सेन्ट मेरिज हाई स्कुलको सहयोगमा स्पोर्ट्स ड्रेस वितरण गरिएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरू कमजोर आर्थिक पृष्ठभूमिबाट आउने हुँदा अहिलेको युगमा समय सापेक्ष सिकाई र अतिरिक्त क्रियाकलापका लागि निजी विद्यालय सरहको सिकाई प्रदान गर्न सहयोगी संस्थाहरू सँग हातेमालो गर्दै आएको बताउनुभयाे । उहाँले निजी विद्यालयका विद्यार्थीहरूले साताको दुई दिन स्पोर्ट्स ड्रेस लगाएर विद्यालय जाँदा आफ्ना विद्यार्थीहरूले पनि “हाम्रो पनि स्पोर्ट्स ड्रेस हुँदैन र सर ?“ भन्दै जिज्ञासा राख्ने गरेकाले विद्यार्थीहरूको बाल मनोविज्ञानमा असर नगरोस् भनेर आफूले वडाध्यक्ष सँग गुनासो राखेको र वडाको पहलमा सहयोगी संस्थाहरूबाट सहयोग मिलेको बताउनुभयाे । साथै कोइरालाले आफ्ना विद्यार्थीहरूलाई ड्रेस प्रदान गर्ने सहयोगी संस्था पोखरा कम्युनिटी सपोर्ट सेन्टर र सेन्ट मेरिज हाई स्कुललाई धन्यवाद दिनुभयाे ।

पोखरा कम्युनिटी सेन्टरकी कोअर्डिनेटर निर्मला मालीले विगतका दिनहरूमा पनि विद्यालयसँग समन्वय गर्दै आएकोमा आज फेरी स्पोर्ट्स ड्रेस वितरण कार्यक्रम मार्फत जोडिन पाउँदा खुसी लागेको बताउनुभयाे । कम्युनिटी सेन्टरले विशेष गरेर समुदायमा रहेका कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई प्राथमिकतामा राखेर ट्युसन, खेलकुद, लाइब्रेरी मार्फत सहयोग गर्दै आइरहेकोमा आज वितरण गरिने स्पोर्ट्स ड्रेसले विद्यार्थीहरूलाई खेलकुदमा अझ सहज हुने विश्वास व्यक्त गर्नुभयाे । साथै उहाँले आगामी दिनमा वडासँग समन्वय गर्दै सहयोगको कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयाे ।

यस्तै, प्रमुख अतिथि तथा वडाध्यक्ष तोरण बहादुर बानियाँले विद्यालयमा पढ्न आउने विपन्न अभिभावकका नानिबाबुहरुलाई स्पोर्ट्स ड्रेस सौजन्य गरेकोमा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयाे । उहाँले पूर्वाधारको विकासले मात्र मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, युवा स्वरोजगार र महिला उद्यमशीलतालाई संगसंगै लगे मात्र मानवीय विकास हुने बताउनुभयाे । बानियाँले जहाँ समस्या, त्यहाँ वडा १५ कार्यालय भन्ने उद्देश्य अनुरूप आर्थिक अवस्था कमजोर भएकालाई सम्भव भएसम्म वडाबाट सम्भव नभए वडामा रहेका धेरै मनकारी सहयोगी संस्थाहरूसँग सहकार्य गरेर नागरिकको आवश्यकतालाई पूर्ति गर्न अग्रसरता लिने बताउनुभयाे । उहाँले आजको स्पोर्ट्स ड्रेस वितरण कार्यक्रम यही उद्देश्यको निरन्तरता भन्दै आज कक्षा १ देखि ५ सम्मका र अर्को चरणमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई ड्रेस वितरण गरिने बताउनुभयाे ।

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर आलेले सहयोगी संस्था द्वय कम्युनिटी सपोर्ट सेन्टर र सेन्ट मेरिज हाई स्कुललाई प्रति आभार प्रकट गर्नुभयाे ।

बिहिबारको स्पोर्ट्स ड्रेस वितरण कार्यक्रममा कम्युनिटी सपोर्ट सेन्टरले १०० थान र सेन्ट मेरिज हाई स्कुलले ५० थान ड्रेस सहयोग गरेका थिए ।

कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरू, विद्यालयका शिक्षक शिक्षिका लगायत वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


काठमाडौं

बिहिबार, अशोज ४, २०८०

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन