‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मानबाट विभिन्न श्रष्टा सम्मानित

author

समाचारपाटी

८ महिना अगाडि

काठमाडौं । नेपाली चलचित्र, गीतसंगीत, सौन्दर्यकला तथा समाजसेवामा निरन्तर योगदान दिएका विभिन्न श्रष्टाहरु काठमाडौंमा एक समारोहबीच सम्मानित भएका छन् । विलक्षण क्रियसन प्रा.लि. तथा ब्युटी न्युज नेपालको छैटौं वार्षिकोत्सवको अवसरमा
काठमाडौंको नाचघरमा आयोजित ‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान–२०७९’बाट उहाँहरु सम्मानित हुनुभएकाे हाे ।

बरिष्ट अभिनेत्री बसुन्धरा भुसाल, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज लायन्स रेश्मा श्रेष्ठ, सोनी कारँजितलगायतले श्रष्टाहरुलाई कार्यक्रममा सम्मान प्रदान गर्नुभएकाे हाे । यसरी सम्मानित हुनेमा साहित्य क्षेत्रबाट अग्रज पुस्तक सम्पादक पारशप्रकाश नेपाल, उपन्यासकार सुरेन्द्र महर्जन ‘अमर’ हनुहुन्थ्याे ।

सौन्दर्यकला क्षेत्रबाट ब्युटिसियनहरु अनिता खड्का रायमाझी, रश्मिला श्रेष्ठ र सोनी शाहसम्मानित हुनुभयाे । यस्तै चलचित्र क्षेत्रबाट सम्मानित हुनेहरुमा चलचित्र अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’, महिला चलचित्र निर्देशक लछु गौतम, निर्देशकहरु नरेन श्रेष्ठ, कल्याण अधिकारी, हास्य अभिनेता बेगम नेपाली ‘भट्भटे माईला’, सिनेमाटोग्राफर कृष्णबहादुर थापा, कोरियोग्राफर जोगेन्द्र केसी, कृष्ण रसाल हुनुहुन्थ्याे ।

फेशन डिजाईन क्षेत्रबाट काजल शर्मा, दिलमायाँ मगर, कोरियोग्राफीबाट अश्विनी कान्त झा, समाजसेवाबाट ज्योति घिमिरे, सुनकुमारी श्रेष्ठ सम्मानित हुनुभयाे । यस्तै ब्यवसाय क्षेत्रबाट व्यवसायी शोभा गुरुङ, युवा उधमी बालकृष्ण पोखरेल र श्रष्टा दिलिप केसी कार्यक्रममा सम्मानित हुनुभयाे ।

नेपाली संगीत क्षेत्रबाट अग्रज गीतकारहरु प्रकाश सुवेदी, कमला रिसाल, प्रतिमा गुरुङ, गायक नारायण थापा, गायक ओम सुनार, गायिका केन्जुमा सुब्बा, गायक चिरञ्जिवी भण्डारी, गायक भारत सामरी,संगीतकार योगेन्द्र उपाध्याय, संगीत संयोजक
शाहस शाक्य कार्यक्रममा सम्मानित हुनुभयाे । सञ्चारबाट चलचित्र पत्रकार जीवन पराजुली र फोटो पत्रकार सुरेन्द्र थापा सो वार्षिक उत्सवमा राष्ट्रिय विलक्षण प्रतिभा सम्मानबाट सम्मानित हुनुभयाे ।

आ आफ्नो क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका श्रष्टाहरुलाई हरेक वर्ष सम्मानित गरेर विलक्षण क्रियसन प्रा.लि.ले उनीहरुको हौसला बढाउने काम गरेका बरिष्ट नायिका बसुन्धरा भुसालले बताउनुभयाे । कार्यक्रमको प्रमुख अतिथि खानेपानी मन्त्री अब्दुल खानले यात्राको क्रममा कार्यक्रममा आफु समयमा आउन नसके पनि फोनबाटै सबैलाई शुभकामना व्यक्त गर्नुभयाे ।

लायन्स जोन चेयरपर्सन तथा आयोजक संस्थाकी सल्लाहकार बरिष्ट ब्युटिसियन सोनी कारँजितले आफुहरुले विलक्षण क्रियसनबाट हरेक वर्ष विभिन्न कार्यक्रम गरेर नेपाली गीतसंगीत, सिनेमा तथा सौन्दर्यकला क्षेत्रमा योगदान पुर्याउँदै आएको बताउनुभयाे ।

प्रतिभालाई प्रोत्साहन गर्न आफुहरुले विगत ६ वर्षदेखि नै श्रष्टालाई सम्मान गर्दै आएको विलक्षण क्रियसनका अध्यक्ष डब्बु क्षत्रीले बताउनुभयाे । कार्यक्रममा गायिका सोनी राजभण्डारीले गीत प्रस्तुत गरेर दर्शकको मन जित्नुभयाे ।


काठमाडौं

बुधबार, अशोज १०, २०८०

२६.६१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेप्से

Name
Value
Change(%)

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन