काठमाडौं । अर्को महिना नेपालमा हुने आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि नामिबियाले १४ सदस्यी टिम घोषणा गरेको छ। यो यी तीन मुलुकको अन्तिम त्रिदेशीय शृंखला हुनेछ। स्कटल्यान्ड र नामिबियामा भने शृंखला खेलिसकिएका छन्।
नियमित कप्तान गेर्हर्ड एरामुसको नेतृत्वमा घोषित टिममा केही नयाँ सदस्य पनि थपिएका छन्। यस्तै,भेट्रान अलराउन्डर डेविड विसे भने टिममा परेका छैनन्।
नामिबियाले पछिल्लो पटक सन् २०१६ मा नेपाल भ्रमण गरेको थियो। नेपालले फेब्रअुरी १४ देखि सुरू हुने शृंखलाका लागि दोस्रो चरणको बन्द प्रशिक्षण आजबाट थालेको छ।
नामिबियाको टिममा गेर्हर्ड एरामुस,लोहन लौरेन्स,ताङ्गेनी लिन्गामेनी,जेनी ग्रीन,माइकल भान लिङ्गेन,यान फ्राइलिन्क,बर्नार्ड स्कोल्ट्ज,हेलाओ या फ्रान्स,बेन सिकोङ्गो,कार्ल बिरकेन्स्टोक,जोसुवान जुलियस,निकोल लोफ्टि एटोन,रुबेन थ्रम्पेल्मन,शाउन फोचे रहेका छन्।