सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो।
करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।