नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताउनुभएको छ। शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गर्नुभएको हो ।
निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने उहाँको भनाइ छ । ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ, बट आवस्यक छैन,’ उहाँले भन्नुभयो ।
उहाँले नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताउनुभयो । सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति हुने उहाँको भनाइ छ ।
नेता कोइरालाले नेपाली कांग्रेस ठूलो पार्टी भए पनि सरकार बनाउने अवसर गुमाएको बताउनुभयो ।