यती विमान दुर्घटनास्थलमा श्रद्धाञ्जली सभा, मृतकको आत्माको शान्तिको लागि पूजापाठ तथा प्रार्थना

author

समाचारपाटी

८ महिना अगाडि

यती विमान दुर्घटना भएको १३ औं दिनमा पोखरा महानगरसहित विभिन्न संघसंस्था, दलले श्रद्धाञ्जली सभा तथा पूजापाठ आयोजना गरेकाे छ ।

विमान दुर्घटना भएको १३ औं दिनमा दुर्घटनास्थलमा शुक्रबार पोखरा ७ र १५ को मध्यभागमा ७२ जना मृतकको आत्माको शान्तिको लागि पूजापाठ तथा प्रार्थना आयोजना गरीएकाे हाे ।

विमान दुर्घटनास्थल सेतीवारि र पारि दुवै डिलमा मृतकको आत्माको शान्तिको कामना गर्दै पूजापाठ तथा प्रार्थना गर्नेहरुको ठूलो भिड लागेको थियो । प्रार्थना सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, विभिन्न राजीनितिक दलका नेता, मृतकको आफन्तहरु उपस्थित थिए ।

दुर्घटना भएको समयलाई आधार मानेर १०:५८ मा महानगरले दुर्घटनामा ज्यान गुमाएका ७२ जनाकै नाममा दीप प्रज्जवलन गरेको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी दुर्घटनाबाट पीडित हरेकको घरमा जान प्रयास गरेको सुनाउनुभयाे । ‘सबैको घरमा जान सकेनौं । तर, जहाँ पुग्यौं, हामी विह्वल भयौं । आज त्यो वेदना हाम्रो मनमा छ, छातीमा छ,’ उहाँले भन्नुभयाे, ‘त्यस्ता दुर्घटनाहरु कहिल्यै नहून् ।’

मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशको शोकमा एकताबद्ध रहेको र शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभयाे । ‘हामीले फेरि ती आला घाउहरुलाई पुर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गर्ने अठोट गरौं,’ उहाँले भन्नुभयाे । उहाँले उद्धारमा खटिएका विभागीय टिमसहित विभिन्न संघसंस्थालाई धन्यावद दिनुभयाे ।

पोखरा महानगरको श्रद्धाञ्जली सभामा मेयर धनराज आचार्यले नेपाली आकाशमा फेरि यस्तो ठूलो दुर्घटना नहोस् भनेर कामना गरिएको र मृतकको चीरआत्माको शान्तिको कामना गरेको बताउनुभयाे ।

‘आज १३ औं दिनको दिनमा यस्तो घटना फेरि कहिल्यै नहोस्, नेपाली आकाशमा नेपाली एअरलाइन्सको सबैभन्दा ठूलो दुर्घटना भएको छ त्यो दुर्घटना फेरि नहोस् भनेर हामीले कामना गरौं,’ मेयर आचार्यले श्रद्धाञ्जली सभामा भन्नुभयाे, ‘सरकारले एकदम तादरुकताका साथ काम गरिराखेको छ र त्यो निष्कर्षमा पुग्नेछ भन्ने आशा राखेका छौं ।’

एकातिर बुद्ध धर्मालम्बीले आफ्नै परम्परा अनुसार पूजापाठ, अर्कोतिर हिन्दु धर्मावलम्बी । बटुकहरु आफ्नो अगाडि दीयो बालेर स्वस्ति शान्ति मन्त्र पाठ गरिरहेका थिए भने लामाहरु सातुको सातुको ‘छोक’ बनाएर ‘छ्योर्मेः’ बालिरहेका थिए ।

उनीहरुभन्दा माथिल्लो भागमा गुरुङ समुदायले आफ्नै किसिमले पूजापाठ गरिरहेको थियो र सेती पारी हिन्दु परम्परा अनुसार चीर शान्ति स्मृति प्रार्थना सभामा मन्त्रोच्चारण भइरहेको थियो । मान्छेहरु आउँथे र आफूलाई पायक पर्ने र आफ्नो परम्पराअनुसार पूजापाठ भइरहेको ठाउँमा गएर फूल चढाउँथे, प्राथना गर्थे ।

काठमाडौंदेखि पोखरा आउँदै गर्दा माघ १ गते पुरानो पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । जहाजमा ४ जना चालक दल र ६८ जना यात्रुसहित ७२ जना सवार थिए । जसमा ५३ जना नेपाली र बाँकी विदेशी नागरिक थिए । दुर्घटनामा ३ बालक र ३ शिशुसमेत परेका थिए ।

विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म ७० जनाको शव भेटिएको छ । २ जनाको अवस्था अझै अज्ञात छ । भेटिएका शवमध्ये पोखरामा २२ र काठमाडौंमा ४८ जनाको पोस्टमार्टम गरिएको छ । हालसम्म ६० जनाको परिवारले शव बुझिसकेका छन् भने ६ जनाको शव डीएनए परीक्षणपछिमात्रै परिवारलाई बुझाइनेछ ।


काठमाडौं

शुक्रबार, अशोज ५, २०८०

२०.५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन