काठमाडौं । यू २२ एसियन बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ फाइनलमा पराजित हुनुभएको छ ।
रजतमै सीमित हुनुपरे पनि उनको उपलब्धि नेपाल बक्सिङका लागि अहिलेसम्मकै ठूलो हो ।
एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।
सुष्मा बुधबार भएको ४८ केजी तौलसमूहको फाइनल प्रतिस्पर्धामा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित हुनुभएको हो ।