सप्तरी । सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
यहाँको रुपनी गाउँपालिका र तिरहुत गाउँपालिकामा आगलागी हुँदा ९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको हो। आगलागीबाट दुई वटा घर जलेर नष्ट भएका छन् भने, १३ वटा पशु चौपाया मरेका प्रहरीले जनाएको छ।
आज बिहान तिरहुत गाउँपालिका ४ डिमनका हरेराम यादवको घर नजिकै सल्केको आगोले हरेरामका छिमेकी तेजनारायण यादव र ओम नारायण यादवको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
आगलागीमा हरेरामको गोठमा रहेका दुई वटा खसी, दुईवटा पाडी र एउटा बाख्रा मरेका छन् ।
राजविराज, हनुमाननगर र कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय र सुरक्षाकर्मीको प्रयासमा आज बिहान पौने चार बजे आगो निभाइएको हो ।
आगलागीबाट घर, पशु चौपाया, लत्ताकपडा र अन्य सरसामान जलेर नष्ट भएको छ ।
यस्तै, सप्तरीको रुपनी गाउँपालिका १ मा आगलागी भएको छ । स्थानीय मैयादी मियाँको गोठ नजिकबाट सुरु भएको आगलागीले उहाँको चारवटा खसी र चारवटा बाख्रा जलेका छन् ।
शम्भुनाथ नगरपालिकाको दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।