काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं ५ हाडिगाँउ, ढुंगेधारा नजिक सरेको छ।
बुधबार पार्टी अध्यक्ष कमल थापाद्वारा झण्डोत्तोलन सहित पार्टीका पदाधिकारी सदस्यहरु तथा जनबर्गिय संगठनका नेताहरुको उपस्थितिमा शुभमुहुर्त शुभसाइतमा विधिपूर्वक ब्राह्मणबाट पुजा आजा गरि गृह प्रवेश गर्नुभएकाे छ ।

पार्टीलाई ब्यवस्थित र चुस्त रुपमा संचालन गर्ने क्रममा नयाँ ठाउँमा पार्टी कार्यालय सारिएको महामन्त्री तथा सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिनुभयाे । बिशालनगरमा रहेको पार्टी कार्यालय भबन सानो भएको र पार्किङको समस्या भएकोले नयाँ ठाउँमा सारिएको समेत भद्राले बताउनुभयाे । राप्रपा नेपाल पुनर्जागृत गरेपछी दोस्रो पटक पार्टीले आफ्नो कार्यालय सारेको हो ।

