अफगानिस्तान । अफगानिस्तानकी एक जना पूर्वसांसद मरसल नविजादाको गोली हानी हत्या गरिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो।
आइतबार भएको उक्त आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादा र उनका सुरक्षा गार्ड मारिएका छन् भने उनका भाइ घाइते भएका छन्।
प्रहरीले हत्याको गम्भीर अनुसन्धान भइरहेको बताएको छ।
सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गर्नुअघिसम्म नविजादा अफगानिस्तानकी सांसद थिइन्। अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडेका थिए। नविजादा भने स्वदेशमै बसिरहेकी थिइन्।