बिक्रम भक्त जोशीको चोभार ब्लुजको परिसंवाद पोखरामा

author

समाचारपाटी

९ महिना अगाडि


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिको आयोजनामा चोभार ब्लुज माथिको परिसंवाद शुक्रवार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रकाश सायमीले चोभार ब्लुजले नेपाली साहित्यमा नयाँ आयाम र अध्याय थपेको बताउनुभयाे ।

सायमीले कृति नामकरणमा आगन्तुक र वैदिक सनातन संस्कारले प्रभाव पार्दै आएको बेला बिक्रम भक्त जोशीको कृति यी दुवै अध्याय भन्दा अध्ययन र चिन्तनले माथि रहेको धारणा राख्नुभयाे । परिसंवादका सहजकर्ता साहित्यकार दीपक पराजुलीले चोभार ब्लुजका १९ वटा निकथा केन्द्रित विविध जिज्ञासा राख्नुभयाे । पराजुली र अन्य साहित्यकारका जिज्ञासामा केन्द्रित रहेर स्रष्टा बिक्रम भक्त जोशीले साहित्यमा राम्रा नराम्रा क्रिया र प्रतिक्रिया दुवैलाई आफ्नो पूँजीका रुपमा ग्रहण गर्ने बताउनुभयाे । उहाँले पोखराबाट पाएको अपूर्व माया र प्रतिक्रियाले आफूलाई आगामी यात्रामा थप प्रेरणा मिलेको धारणा व्यक्त गर्नुभयाे ।
आफ्नो निकथाका बारेमा राखेका जिज्ञासाबारे प्रकाश पार्दै जोशीले निबन्ध, नियात्रा र कथाको समीश्रण निकथा भएको प्रष्टयाउनुभएकाे थियाे ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले बिक्रम भक्त जोशीको नेपाली साहित्य क्षेत्रको आगमन जीवन्त रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयाे । मदन पुरस्कार बिजेता साहित्यकार रामलाल जोशीले एउटा सुदूरको स्रष्टाले अर्को स्रष्टालाई पोखरामा भेट्न पाउनुलाई दुर्लभ सौभाग्यका रुपमा लिएको बताउनुभयाे ।

सोही समारोह बीच अनेसास गण्डकीले पूर्व बैंकर्स र इन्जिनियरिङको व्यक्तित्व नेपाली साहित्यमा नयाँ विधाको प्रणेताका रुपमा उदाएको भन्दै सम्मानसमेत गरेको छ । मदन पुरस्कार विजेता रामलाल जोशी, अध्यक्ष शाह र प्रमुख अतिथिले सम्मान अर्पण गरेका थिए ।

परिसंवादमा वरिष्ठ पत्रकार बद्री विनोद प्रतीक, कथाकार डा. अशोक थापा, छवि सुवेदी बिजयी, मेघनाथ कुँवरलगायतले पुस्तक केन्द्रित जिज्ञासा राखेका थिए ।

साहित्यकार दुर्गा न्यौपानेले दिग्गज स्रष्टासँगको साक्षात्कार, चर्चा परिचर्चाका कार्यक्रमले लेखनमा उर्जा मिलेको बताउनुभयाे । अनेसास गण्डकी महासचिव असफल गौतमले बिक्रम भक्त जोशीजस्ता स्रष्टा नेपाली साहित्य क्षेत्रले पाउनुलाई सौभाग्यका रुपमा लिनुपर्ने बताउनुभयाे ।

अध्यक्षको आसनबाट गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले पोखरामा आफ्नो नयाँ कृतिको परिसंवादको अवसर जुटाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएकाे थियाे ।


काठमाडौं

बुधबार, अशोज १०, २०८०

२६.०५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेप्से

Name
Value
Change(%)

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन