पोखरा । एघारौं पोखरा महोत्सवमा पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्यालीमा सहभागी भइ सहयोग गर्ने भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको उद्घाटन समारोहमा पोखरा रंगशालादेखी महोत्सव स्थल अमरसिंह चौर सम्म झांकी र्यालीमा सहभागी भइ सहयोग गर्ने भएको हो ।

बिहीबार अमरसिंह चौरमा आयोजित एघारौं पोखरा महोत्सवको अवसरमा आयोजित संघ संस्थाहरुको छलफलमा सहभागी भएकाहरुले पोखरा महोत्सव समग्र पोखरेलीहरुको महोत्सव भएकाले सम्पूर्ण संघ संस्थाहरुले एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा वोल्दै नेपाल तामाङ घेदुङ पोखरा महानगर उपाध्यक्ष राम बहादुर तामाङले युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सवको माध्यामबाट सामाजिक काम गर्ने भएकाले सम्पूर्ण संघ संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयाे । पोखरा महोत्सवकै आयोजना गरी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण जस्तो महत्वपूर्ण काम भइरहेको वताउदै तामाङले महोत्सवको माध्यमबाट आफुहरुको संस्कृतिको प्रवद्र्धन हुने भएकाले समपूर्ण संघ संस्थाहरुले आफुहरुको पहिचान झल्कने झांकी र रयालीलाई महोत्सवमा सहभागीता गराउनुपर्नेमा उहाँको जोड रहेको थियो ।
त्यस्तै विशालनगर आमा समुहकी शान्ता देवकोटाले पोखरा महोत्सवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र महोत्सव अवधिभरमा विभिन्न समुदायको संस्कृति झल्कने झांकीहरु समेत प्रस्तुत गर्दै आइरहेकाले सम्पुर्ण पोखरेलीहरुले साथ दिन आवश्यक रहेको वताउनुभयाे । देवकोटाले पोखरा महोत्सवको अवसरमा महिला दिदी बहिनीहरुलाई लक्षित गरी हस्तकलाको सामाग्री निर्माणको निशुल्क तालिम प्रदान गरी महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउनतर्फ लागेकोमा समेत खुसी ब्यक्त गर्नुभयाे ।
छलफल कार्यक्रममा वोल्दै युनाईटेड क्लवका अध्यक्ष तथा पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले पोखरा महोत्सव सम्पूर्ण पोखरेली र पोखरामा रहेको संघ संस्थाहरुको सहयोगकै कारण एघारौं संस्करण सम्म आइपुगेको वताउँदै आगामी महोत्सवहरुमा समेत सम्पूर्णले सहयोग गरिदिन आग्रह गर्नुभयाे । महोत्सवकै आयोजना गरी सामाजिक काममा लाग्नु आफैमा चुनौती रहेपनि सम्पूर्ण पोखरेलीहरुको सहयोगकै कारण पोखरा महोत्सव एघारौं संस्करण सम्म आइपुगेको उहाँको भनाइ रहेको थियो ।
सो अवसरमा सगरमाथा टोल बिकास संसथाका बम बहादुर गुरुङ, सिंगापुर टोल बिकास संस्थाका धन बहादुर गुरुङ, किरण भट्टचन, स्याङजा भुजेल सम्पर्क मञ्चका रविन्द्र थापा, प्रगतिशील टोल बिकास संस्थाका अग्नी प्रसाद श्रेष्ठ, पोखरा १३ की लक्ष्मी केसी, घिरिङ होम स्टेका संचालक मान बहादुर रानामगर लगायतले आ आफ्नो धारणा राखेका थिए ।
युनाईटेड क्लवका पूर्व अध्यक्ष तथा एघारौं पोखरा महोत्सवका संघ सस्था समन्वय ब्यवस्थापनि उपसमिति संयोजक सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका सचिव तथा एघारौं पोखरा महोत्सव झांकी तथा र्याली ब्यवस्थापन उपसमिति संयोजक पूर्णकला पोखरेलले स्वागत मन्तब्य राख्नुभएकाे थियाे भने कार्यक्रमको संचालन युनाईटेड क्ल्बका महासिचव तथा एघारौ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले गर्नुभएकाे थियाे ।