‘टोलमा जग्गाले झगडा भयो, नापी ल्याइदिनुस्’:अन्नपूर्णकी स्थानीय जमुना विक

author

समाचारपाटी

९ महिना अगाडि

पोखरा ।निर्वाचित भएर गएका जनप्रतिनिधि फर्किएर नआउने गुनासो व्याप्त छ । अन्नपूर्ण गाउँपालिकाकी जमुना विकले बिहीबार नेताले जनताले दैनिक जुधिरहेको विषयमा ध्यान दिनुपर्ने भन्दै आफ्ना समस्या सुनाउन थाल्नुभयाे । २०३४÷०३५ सालतिर नापीले गरेको जग्गा विभाजनमा आफूहरुको टोलमा एउटाको जग्गा अर्कैकोमा परेको भन्दै अन्नपूर्ण–३ छ घर टोलकी जमुनाले गाउँपालिका गुहार्नुभएकाे छ ।

आर्थिक वर्ष २०७९÷०८० को पहिलो चौमासिकमा भएकायोजना तथा नियमित सेवा प्रवाहको विषयमा बिहीबार अन्नपूर्ण–३ पत्थरस्थित वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाईमा उहाँले गाउँपालिका नेतृत्वको ध्यानाकर्षण गराउनुभएकाे हाे । ‘नापीबाट गल्ती हुँदा एउटाको जग्गा अकैर्को कित्तामा गएको छ । टोलमा यही विषयले झगडा हुन्छ,’ उहाँले भन्नुभयाे, ‘
गाउँपालिकाले नापी ल्याउन सक्छ कि सक्दैन ? ल्याइदिनुपर्यो ।’ उहाँको गुनासो सुनेपछि पुनः नापी आवश्यक भए त्यसलाई पहल गर्ने गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयाे ।

अन्नपूर्ण–३ कै राजु पौडेलले गाउँपालिकाले तरकारीको बिउ बाँडे पनि बजार व्यवस्थापनमा ध्यान नदिएको गुनासो गर्नुभयाे । ‘बिउ बाँडियो तर बजार व्यवस्थापन देखिएन । त्यसमा ध्यान दिनुपर्यो,’ उहाँले भन्नुभयाे, ‘बारीमा साग, तरकारी त्यत्तिकै छन् ।’ गाउँपालिका अध्यक्ष केसीले उत्पादित वस्तु बजारीकरणमा वास्तवमै समस्या भएका गाउँपालिका सम्बोधन गर्न तयार रहेको बताउनुभयाे ।

कार्यक्रममा टोलटोलका सडकमा बत्ती हाल्नुपर्ने, बाँदरले खेतीमा समस्या पारेको, युवालाई रोजगारीको वातावरण बनाउनुपर्ने, बिउ वितरण आवश्यकभन्दा कम भएको, लालपुर्जा नपाएको, सडक योजनामा पैसा नहाल्देको, प्राविधिकले काम नगरिदिएको गुनासो गरेका थिए । गाउँपालिका अध्यक्ष केसीले सबै समस्या एकैपटक समाधान सम्भव नहुने, ढिलोचाँडो त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

सार्वजनिक सुनुवाईमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । कुल बजेटमध्ये मंसिर मसान्तसम्म ३२. २६ प्रतिशत खर्च भएको देवकोटाले जानकारी दिनुभयाे । उहाँकाअनुसार मंसिर मसान्तसम्म ९० लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

जनप्रतिनिधि तथा कर्मचारीको विवरण संकलन गरेर मुख्यमन्त्री कार्यालय पठाएको,सहकारी संचालक तथा कर्मचारीलाई लेखा तालिम दिइएको, सेवाग्राहीलाई प्रतीक्षा कक्षको व्यवस्था गरेको, अध्यक्षको अनुपस्थितिमा सचिवालयबाट काम अघि बढाउने काम भएको उहाँले बताउनुभयाे । कृषितर्फ ५० प्रतिशत अनुदानमा २५ हजार केजी आलुको बिउ वितरण गरेको छ । ११ वटै वडामा मोडल फर्म निर्माण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाा तरकारी पकेट कार्यक्रम सम्झौताको तयारीमा रहेको,
उवा र कोदो क्लस्टर निर्माण, हिउँदे फलफूल विरुवा वितरणको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिनुभयाे ।

गाउँपालिकामा ८ वटा टोल विकास संस्था, आमा समूह, बाल र युवा क्लब रहेको उहाँको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षमा कुल १ सय ९१ वटा योजना रहेकोमा ३४ वटा योजना सम्झौता भइसकेको र २० वटाको भुक्तानी भइसकेको देवकोटाले
जानकारी दिनुभयाे । कोरोनाविरुद्ध ४० हजार २ सय १८ जनालाई खोप दिइएको छ भने स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेर ५ सय १३ परिवारको बिमा गरिएको छ ।

गाउँपालिका प्रवक्तासमेत रहेका अन्नपूर्ण–७ का वडाध्यक्ष भरतमान गुरुङले लान्द्रुक खानेपानी योजनालाई सफल बनाएर गाउँपालिकाको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयाे । उहाँले भूगोल ठूलो भएकाले सार्वजनिक सुनुवाई
गर्दा सबैलाई एकै ठाउँमा समेट्न नसकिएको बताउनुभयाे । ‘भौगोलिक विकटताले सबै ठाउँमा पुग्न सकिनँ । घुम्ती शिविरजस्तै सबै वडामा पुग्ने गरी वडा–वडामा सुनुवाई गर्छौं,’ प्रवक्ता गुरुङले भन्नुभयाे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । अन्नपूर्ण १, २, ३ का वडाध्यक्ष क्रमशः तुलसीप्रसाद अधिकारी,पिताम्बर भण्डारी, फणिन्द्रप्रसाद पौडेलले पनि बोल्नुभएकाे थियाे । उहाँहरुले वडामा प्राप्त भौतिक पूर्वाधार निर्माणसम्बन्धी योजनाको कार्यान्वयका लागि उपभोक्ता समिति गठन भएको र छिट्टै काम अघि बढाउने बताउनुभयाे ।


काठमाडौं

शनिबार, अशोज ६, २०८०

२३.८३°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन