पोखरा । समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमी ब्राण्ड बनिसकेको नाम हो । बुटवलबाट सुरु भएको समृद्धि देशका पाँच स्थानमा पुगिसकेको छ । पोखरासँगै बुटवलको अमरपथ, मनिग्राम, बर्दघाट र जीतपुरमा यसले सेवा सञ्चालन गरिरहेको छ ।
अझै सुविधासम्पन्न र व्यवस्थित तबरले पोखराको न्यूरोडमा रहेको सैलुन स्तरोन्नति भएको छ ।
पोखरा ब्राञ्चको आइतबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले उद्घाटन गर्नुभएकाे हाे । उहाँले समृद्धि हेयर सैलुन ब्राण्ड बनिसकेको बताउँदै पोखरामा यसको सेवा सुविधाले छुट्टै पहिचान स्थापित गर्ने बताउनुभयाे । प्रजापतिले भन्नुभयाे – ‘स्टाइलिस्ट र स्मार्ट पोखरेलीहरुले समृद्धिले प्रदान गर्ने सेवा सुविधाको भरपूर उपयोग गर्नेछ । मुलुकका ५ स्थानमा पुगिसकेको समृद्धि अझै फैलँदै पूँजी विदेशिनबाट थोरै भएपनि रोक्नेछ भन्ने अपेक्षा गर्दछु ।’

समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीका फाउण्डर मोहन ठाकुरले ग्राहकलाई आकर्षक र गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने प्रमुख उद्देश्य रहेको बताउनुभयाे । उहाँले ग्राहकहरुले सुन्दरता (ब्यूटि) सँग सम्बन्धित हेयर ट्रिटमेन्ट, स्किन ट्रिटमेन्ट, नेल ट्रिटमेन्ट, मेकअप लगाएतका सुविधाहरु पाउने र आवश्यकता अनुसार परामर्श दिने बताउनुभयाे । एकेडेमीकै रुपमा सञ्चालन भएकाले पनि युवाहरुलाई सीप सिकाउने समृद्धिको ध्येय रहेको ठाकुरले बताउनुभयाे ।
स्वदेशमा सैलुन व्यवसाय सञ्चालन गर्न नसकेमा विदेश गए पनि राम्रो आम्दानी हुने भएकाले गुणस्तरीय सीप आर्जन गर्न समृद्धिलाई सम्झन सकिनेछ । वैदेशिक रोजगारी तथा उच्च शिक्षा अध्ययनमा गइरहेकाहरूलाई सीपबिना कामहरू गर्न गाह्रो हुने भएकाले सजिलो र आम्दानी राम्रो गर्न सकिने सीप सैलुन सिकेर जानु राम्रो हुने ठाकुर बताउँनुहुन्छ ।
‘बार्बर वा हेयर कटिङ र हेयर केमिकलको काम निकै राम्रो स्कोप भएको क्षेत्र हो । सीप नभएका व्यक्तिहरूलाई रोजगारीको कुनै समस्या नै छैन । नेपालमा धेरै स्वरोजगार बनिसक्नुभएको छ भने विदेशमा गएकाहरूले पनि अहिलेसम्म काम पाएनौँ भन्ने गुनासो गर्नुभएको छैन’, उहाँ भन्नुहुन्छ, ‘हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै सिकाउँछौँ । किनकि म आफैँले पनि विदेशबाट सिकेर आएको हुँ । हुन त मैले आफ्ना पुख्र्याैली पेसालाई परिष्कृत गरेको हो । तर, मैले धेरै कुराहरू विदेशबाट सिकेको छु । त्यही भएर पनि होला मसँग सिक्न आउनेहरू सबै उत्कृष्ट होऊन् भन्ने चाहन्छु ।’
ठाकुरसँगै पोखराको ब्राञ्च चार जनाले सञ्चालनमा ल्याएका हुन् । शिक्षाविद् डा. टेकनारायण पौडेल, किरण न्यौपाने, अनिल अर्यालसँगको साझेदारीमा ठाकुर पोखरामा अघि बढेका हुन् । पूँजी विदेशिनबाट रोक्नु, आत्मनिर्भर अर्थतन्त्र, युवा पलायनमा रोक नै आफूहरुको मूख्य उद्देश्य रहेको डा. टेकनारायण पौडेल बताउँनुभयाे ।
‘कपाल काट्ने पेशाकै कारण अरबौं रुपैया विदेशिरहेको अवस्थामा देशकै युवाहरु सीप सिक्दै स्वआर्जनमा लागे एक त युवा पलायनमा थोरै भएपनि रोकावट आउँछ । पैसा विदेशिन रोकिन्छ । देशको अर्थतन्त्रमा टेवा पुग्छ । सीप सिकेका युवाहरु काम पाएपछि कमाउन सक्छन् ।’ डा. पौडेल भन्नुहुन्छ । समृद्धिमा सुपथ मूल्यमै कपाल, नङ बनाउनेदेखि मेकअपको मेनेजमेन्ट गरिएको सञ्चालकहरु बताउँनुहुन्छ । ‘महंगो भयो भन्ने लाग्दैन । बाहिर सामान्य स्थानमा काटेजस्तै मूल्य तपाईंहरुले पाउनुहुन्छ । यहाँ हामीले गर्ने सेवाबाट पूर्ण रुपमा सन्तुष्ट बन्नुहुनेछ र फर्कनेबेला हाम्रो सेवालाई पैसासँग तुलना नै गर्न मान्नुहुन्न । हाइजिन् एण्ड पिसफुल इन्भाइरोन्मेन्टमा राम्रो सर्भिस पाउनुहुनेछ ।’ सञ्चालक किरण न्यौपाने बतउँनुहुन्छ ।
सैलुनमा हेयर केमिकल ट्रिटमेन्ट, हेयर कट एण्ड फिनिस, हेयर कलर, हेयर ट्रिटमेन्ट्स, नेल आर्टस्, स्कीन ट्रिटमेन्ट एण्ड फेसियल, पार्टी÷इन्गेजमेन्ट÷रिसेप्सन÷ब्राइडल मेकअप, आई मेकअप लगायतको सुविधा छ ।