पोखरा । पोखरा महानगरपालिका २८ कालिका कोलाकोपाट, बिमिरापानीमा रहेको त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी स्वर्गीय आमा पार्वती पौडेलको स्मृतिमा छोराहरु विष्णु प्रसाद पौडेल,मनोहरि पौडेलले तथा श्रीमान दुर्गा प्रसाद पौडेलले एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्नुभएकाे छ ।

स्थाही घर पोखरा महानगरपालिका २८ बिमिरापानी हाल पोखरा १२ सितलादेबी निवासी बुवा दुर्गा प्रसाद पौडेल यस मन्दिरका संरक्षक तथा सल्लाहकार रहनुभएकाे छ भने मनोहरि पौडेल मन्दिर समितिका अध्यक्ष रहनुभएकाे छ । हाल अमेरिकाको न्युयोर्कमा रहेका विष्णु पौडेल सामाजिक तथा पत्रकारिता क्षेत्रमा चर्चित रहनुभएकाे छ । नेपालय न्युज डट कमका प्रधान सम्पादक रहनुभएका पौडेल एनआरएन अमेरिका, जनसम्पर्क समिति अमेरिका, नेपाल अमेरिका पत्रकार संघ (नेजा) कास्केली समाज अमेरिका लगाएत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेका छन् ।

पोखरा महानगरपालिका २८ कालिका बिमिरापानीमा रहेको त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी स्वर्गीय आमाको सम्झनामा सयोग गर्न पाएको आफुलाई सन्तुष्टी मिलेको बताउँनुभयाे । पौडेल दाजुभाईले आफुहरु सानै हुदा आमालाई गुमाएको र बुवाले दुःखपुर्ण तरिकाले हुर्काएर आज यहाँसम्म पुर्याएकोमा बुवा दुर्गा प्रसाद पौडेललाई सम्मान गर्दै स्वर्गीय आमा पार्वती पौडेलको स्मृतिमा शिव मन्दिर पुनः निर्माणमा सयोग गरेको बताउनुभयाे ।
पुष १४ गते स्वर्गीय आमा पार्वती पौडेलको पुण्यतिथिको अवसरमा सयोग गर्न पाएकोमा खुशी लागेको बताउनुभयाे। अमेरिकामा रहनुभएका छोरा विष्णु पौडेलले आफ्नो जन्म भुमिलाई कहिले पनि भुल्न नसकिने बताउनुभयाे । आफ्नो जन्म भुमिमा थारै भए पनि सयोग गर्न पाएकोमा सन्तुष्टी मिलेको समेत बताउनुभयाे । शिव मन्दिर पुनः निर्माणमा बुवा दुर्गा प्रसाद पौडेल तथा छोराहरु विष्णु पौडेल मनोहरि पौडेल लगाएत बुहारीहरु कमला पौडेल र गौरी पौडेलले समेत सयोग गरेको मन्दिर समितिले जनाएको छ ।

त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी सुरुवातमा स्वर्गीय पिता शिव प्रसाद पौडेल तथा माता कुलकान्ती पौडेलको स्मृतिमा दुर्गा प्रसाद पौडेलले बिस हजार सयोग गरेकोमा बुवाको रकममा थप गरेर छोराहरु विष्णु प्रसाद पौडेल र मनोहरि पौडेलले स्वर्गीय आमा पार्वती पौडेलको स्मृतिमा एकानब्बे हजार एक सय एघार रुपैयाँ थप गरेर एक लाख एघार हजार एक सय एघार रुपैयाँ सयोग गर्नुभएकाे हाे ।
पोखरा महानगरपालिका २८ कालिका कोलाकोपाट बिमीरापानीमा २०३७ सालमा स्थानिय समाजसेवी शिव प्रसाद पौडेलको अगुवाईमा स्थापना भएको त्रिलोकेश्वर शिव मन्दिर हाल अत्यन्त जिर्ण अवस्थामा रहेको र मन्दिरको संरक्षण समेत नभएको अवस्थामा हाल स्थानिय जनताको अग्रसरमा मन्दिरको समिति गठन भई मन्दिरको पुनःनिर्माणको काम भइरहेको छ । हाल स्वदेश तथा विदेशमा रहेका स्थानियवासीहरुले स्वतफुर्सद रुपमा आर्थिक सयोग गरीरहेका छन् ।
मन्दिरलाई पोखरा महानगरपालिका लगाएत यस क्षेत्रकै धार्मिक पर्यटकीय ठाँउको रुपमा विकास गर्ने उद्धेश्य रहेकोले हाल शिव मन्दिर लगाएत मन्दिर परिसरमा रहेका पौवाहरुको पुनःनिर्माण गर्नेुको साथै मन्दिर परिसरमा पार्क तथा बर,पिपल चौतारी, खानीपानी धारा लगाएत अन्य संरचनाहरु निर्माण गर्नुेपर्ने भएकोले त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिले बृहत गुरुयोजना बनाएर काम थालनी गर्न लागेको समितिले जनाएको छ ।