पोखरा । पोखरामा जारी नेपाल लिटेचर फेस्टिबलमा ‘चुली चर्चा’ विषयक छलफलमा वक्ताहरुले पछिल्लो समय अग्ला हिमशृंखलाको महत्वबारे बोल्न सक्ने भएको बताउनुभएकाे छ । कार्यक्रममा पासाङ ल्हामु शेर्पा अकिताले भन्नुभयाे, ‘कुनै समय शेर्पा समुदायले पैसा कमाउने थलोको रुपमा मात्रै हिमाललाई लिइन्थ्यो । पछिल्लो समय अन्य समुदायले पनि हिमाल चढ्न सफल हुनुभएको छ ।
त्यसैले प्राविधिक रुपमा मात्रै नभएर समग्र क्षेत्रको विकास भएको छ’, उहाँ भन्नुहुन्छ, ‘हामी नेपाली पनि हिमालको लागि बोल्न सक्ने भएका छौं ।’ त्यस्तै शेर्पाले अग्ला हिमाल चढ्नको लागि नेपालीहरु प्राविधिक, शारीरिक, आर्थिक रुपमा दक्ष भइसकेको बताउनुभयाे । पहिले नेपालमा हिमाल हेर्न आउनेलाई विदेशीले विदेशीलाई लिएर आउनु पर्ने बाध्यता रहेको बताउँदै उहाँ भन्नुहुन्छ,‘हाम्रो देशमा हिमाल देशमा थियो । तर हिमाल चढ्ने तालिम दिन विदेशबाट आउनु पथ्र्याे । मैले फ्रान्स गएर हिमाल
चढ्ने तालिम लिएकी हुँ । अहिले अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स दिनेसम्मको तामिल नेपालमा प्रदान गर्न सकिन्छ ।
अर्काे ब्याचलर र मास्टर्ससम्म हिमालबारे नेपालमा नै अध्ययन हुन्छ । हाम्रो लागि यो गौरवको विषय हो’, उहाँले भन्नुभयाे, ‘प्राविधिक, शारीरिक, आर्थिक रुपमा दक्ष भइसकेका छौं ।’ खिमलाल गौतमले हिमालले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्न ठूलो सहयोग पुर्याएको बताउनुभयाे । ‘हिमालले नै नेपाल देशक भनेर चिनाएको हो । सद्भावाना दूतको रुपमा हिमालले अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको छ । यति मात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्न हिमालले सघाएको छ ।
त्यसैले हिमाल थुप्राहरु मात्रै होइनन्, मोतिका टुक्राहरु पनि हुन्’, उहाँले भन्नुभयाे । उक्त सत्रमा गौतमले सगरमाथाको उचाई मापन गर्दाको अनुभव पनि सुनाउनुभयाे । ‘लामो समय देखि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मानिदै आएको
थियो । यसअघि सगरमाथाको थुप्रै पटक उचाई नापियो । तर २०१५ मा महाभूकम्प गएपछि संसारको थुप्रै जिओसाइन्टिस्हरुले सगरमाथाको उचाई घट्यो भनेर चर्चा गर्न थालेपछि सरकारले सगरमाथाको उचाई मापन गर्ने निर्णय गर्यो । दक्षजनशक्ति सहित ३ वर्ष नेपालको सगरमाथा उचाई नाप्न सफल भएको हो । यो हामी सबैको लागि गौरवको विषय हो’, उहाँले भन्नुभयाे ।
सगरमाथाको उच्चाई मापनको लागि आफूले अवसर पाएको उहाँले खुशी व्यक्त गर्नुभयाे । ‘सगरमाथाको उच्चाई म मैले एक्लैले गरेको होइन । नेपाल सरकारको योजनालाई मैले अवसर भएको हुँ । उच्चाई नाप्ने मेरो जिम्मा थियो । त्यसैले मैले मात्रै नापेको होइन । यसमा मैले योगदान गर्ने मौका मात्रै पाएँको हुँ’, उहाँले भन्नुभयाे । गौमतले नेपालमा १३ सय ४८ वटा अग्ला हिमालहरु रहेको पनि उहाँले चर्चा गर्नुभएकाे थियाे ।
कनकमणि दीक्षितले नेपालको हिमाललाई विदेशीहरुले चर्चा गरेपछि नेपालमा चर्चा गरिने बताउनुभयाे । त्यसैले पनि नेपालको कतिपय हिमालको नाम पनि गलत उच्चारण भइरहेको उहाँले बताउनुभयाे । ‘नेपालको हिमालबारे विदेशीले चर्चा गरेपछि चर्चा गर्छाैं । त्यसैले हामी आफैले पनि मर्दी हिमाललाई मार्दी हिमाल भन्ने गर्छाैं । त्यो नाम नै विदेशीले लेखिदिएको हुनाले उच्चारण गर्न गलत भएको छ । तर पछिल्लो समय धेरै नेपाली हिमाल चढ्न थालेका हुनाले मर्दी भन्न थालेका छन् ।अधिकाशं हिमालको नाम विदेशीले नै राखेको थियो ।
उहाँले स्थानीय समुदायले नामकरण गर्ने हिमालको नामको पनि चर्चा गर्नु पर्ने बताउनुभयाे । ‘गौरी शंकरलाई स्थानीले ‘सिरिङ्मा’ नामको उच्चारण गर्छन । तर त्यसैले विदेशी गरेको नामभन्दा स्थानीयहरुले नामकरण गरेको नामको पनि चर्चा गर्नु पर्छ’, उहाँले भन्नुभयाे’, हिमालसम्बन्धी जति चासो र चिन्ता हुनु पर्ने हो । त्यो अझै भएको छैन ।’हिमाल चढ्नुअघि त्यसको महत्व बुझ्यो भने मात्रै अझ धेरे महत्व थाहा हुनु पर्ने उहाँले बताउनुभयाे । ‘हिमाल चढ्नुअघि हिमालको महत्व जान्यो भने मात्रै त्यसको महत्व बढी हुन्छ । हिमालको नामसँगै महत्व पनि बुझाउँन सक्नु पर्छ । युवायुवतीको लागि झनै हिमालको नामसहित हिमालको महत्वबारे ज्ञान हुनुपर्छ’, उहाँले भन्नुभयाे । एउटा हिमालको नाम मात्रै भनेर पुग्दैन’, दीक्षितले भन्नुभयाे ।
त्यस्तै उहाँले हिमालको महत्वबारे स्कुलको पठ्यपुस्तकमा समेत समावेश गरिने पर्ने उहाँले तर्क गर्नुभयाे । ‘संसारमा समुन्द्र जहाँ पनि पाइन्छ । तर हिमालय त यहाँ मात्रै छ । नेपालको बीच भागमा हिमालय विराजमान छ । हामीले हिमालबारे जान्नु पर्ने थुप्रै उत्साहवद्र्धक कुराहरु छन् । यसबारे हामीलाई पढाईदैन । यी कुरा हामी स्कुलदेखि पढाईनु पर्छ ’, उहाँले भन्नुभयाे ।