१५ औं कास्की हिसान स्पोर्टस मिटको उपाधि प्रतिभाले जित्यो

author

समाचारपाटी

११ महिना अगाडि

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान कास्की स्पोर्टस मिट २०७९ को उपाधि प्रतिभा माविले जितेको छ ।

पोखरा रंगशालामा गत पुष ६ गतेबाट जारी १५ औं हिसान कास्की स्पोर्टस मिट अन्तर्गत प्रतिभाले ११ अंक बटुल्दै पहिलो पटक उपाधि जितेको हो । यस अघि लगातार पाँच पटक सम्म न्यू ग्यालेक्सीले उक्त उपाधि जितेको थियो ।

प्लस टु छात्र–छात्रा र विश्विद्यालयतर्फ गरी ६० शिक्षालयहरुको सहभागिता रहेको स्पोर्टस मिट अन्तर्गत सम्पन्न प्रतियोगितामा प्रतिभाले प्लस टु बास्केटबलमा छात्रातर्फ प्रथम, छात्र बास्केटबल तर्फ तेश्रो, भलिबल छात्रतर्फ चौथो हुँदै सर्वाधिक ११ अंकका साथ रनिङ ट्रफी जित्न सफल भएको हो ।

भलिबल १५ औं हिसान स्पोर्टस मिट प्लस टुतर्फ छात्रा भलिबलमा हिल पोइन्ट मावि पहिलो भएको छ । सम्पन्न फाइनल खेलमा हिल पोइन्टले गुरुकुल माविलाई २५–१५ र २५–१८ ले पराजित गर्दै पहिलो हुन सफल भएको हो । त्यसै गरी पश्चिमाञ्चलले केफलाई २५–२१ र २५–२२ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ ।

प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सी पहिलो भएको छ । स्पाइरलले युनिभसलाई फाइनलमा पराजित गर्दै पहिलो भएको हो भने प्रतियोगितामा केफ मावि तेश्रो भएको भलिबलका संयोजक किरण सापकोटाले जनाउनुभएकाे छ । प्रतियोगितामा प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सीका मदन छन्त्याल उत्कृष्ट हुन सफल भए भने छात्रातर्फ हिल पोइन्टकी सोयाङ थापा मगर
उत्कृष्ट हुनुभयाे ।

छात्र भलिबलमा उत्कृष्ट स्पाइकर स्पाइरलका शक्ती पुन मगर र छात्रातर्फ हिल पोइन्टकी वर्षा थापा उत्कृष्ट स्पाइकर हुनुभयाे ।
बास्केटबल स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र बास्केटबलमा न्यू ग्यालेक्सीले आफ्नो पुरानो दबदबा कायम गर्दै पहिलो हुन सफल भएको छ । सम्पन्न फाइनल खेलमा न्यू ग्यालेक्सीले ६९–५१ को स्कोरले मनकामनालाई पराजित गर्न सफल भएको छ ।

छात्र बास्केटबलमा न्यू ग्यालेक्सी मिन बहादुर पुन मगर उत्कृष्ट खेलाडी घोषित भए भने सर्वाधिक स्कोररमा मनकामनाका तिजन पुन घोषित भए । छात्र बास्केटबल प्रतिभा माविले तेश्रो स्थान प्राप्त गरेको छ । यता छात्रातर्फ प्रतिभा माविले मेरी गोल्डमाविलाई फाइनलमा पराजित गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भने ग्लोबल कलेजियटले तेश्रो स्थान
प्राप्त गरेको छ ।

छात्रा तर्फ प्रतिभाकी प्रियाङ्का थापा उत्कृष्ट खेलाडी घोषित हुँदा सर्वाधिक स्कोररतर्फ मेरी गोल्डकी तारा विक घोषि भएकाी छन् । यता युनिभर्सिटीतर्फ छात्र बास्केटबलमा लेकसिटीलाई हराउँदै लिंकन पहिलो भएको छ भने पेकलाई हराउँदै पिसिएम तेश्रो भएको छ । छात्रातर्फ पेकलाई हराउँदै लिंकन पहिलो हुँदा, इन्फरमेटिक्सलाई पराजित गर्दै पिसिएमले तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

व्याडमिन्टन १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत ब्याडमिन्टन फाइनलका खेलहरु सम्पन्न भएको व्याडमिन्टनतर्फका संयोजक पुरन कुंवरले बताउनुभएकाे छ । प्लस टु छात्र सिंगल्सतर्फ प्रगतीका शंसाक अधिकारी प्रथम, प्रगतीका आयुस थापा द्वितिय,
सगरमाथाका सौरभ थापा र विनम्र थापा तृतिय भएका छन् । छात्रातर्फ मदरल्याण्डकी आयुष्मा नेपाल पहिलो हुँदा, दोश्रो सगरमाथाकी निर्झरा खड्का र ग्लोबलकी समिक्षा गुरुङ र सगरमाथाकी सविना राना मगर तेश्रो भएका छन् ।

छात्र डबल्सतर्फ प्रगतीका शंसाक अधिकारी र आयूष थापाको जोडी पहिलो,सगरमाथाका सौरभ थापा र विनम्र थापाको जोडी दोश्रो, पिकेजीका शिद्धार्थ घले र अमन गुरुङ र प्रतिभाका प्रवेश गुरुङ र धिरज विक तेश्रो भएका छन् । छात्रा तर्फ सगरमाथाका निर्झरा खड्का र सविना मगरको जोडी पहिलो, दोश्रो कास्की मोर्डनाइजका उर्मिला सेन्चुरी र शारिका गुरुङको जोडी दोश्रो, गुरुकुल विद्यासदनका अलिशा वरुवाल र ममिता गुरुङको जोडी ज्योती कुञ्जका बबिना राना र कुश्मिला दुराको जोडी तेश्रो भएका छन् ।

युनिभर्सिटी छात्र सिंगल्सतर्फ पोखरा इन्जिनियरिङका अमित भण्डारी पहिलो,इन्फरमेटिक्सका थमन सिंह थापा दोश्रो, पोखरा लिंकनका रिजन सूर्यवंशी र पेकका निशान थापा तेश्रो भएका छन् । छात्रा सिंगल्सतर्फ पिसिएमकी मेनुका गुरुङ पहिलो, पेककी लिजा गुरुङ दोश्रो, इन्फोमेक्सकी इशा सदाशंकर र पिसिएमकी स्वस्तिका पौडेल तेश्रो भए । छात्र डबल्समा इन्फरमेटिक्स पहिलो, पिसिएम दोश्रो र पेक तेश्रो भएका छन् भने छात्रातर्फ पिसिएम, पेक र इन्फोमेक्स कलेज क्रमश पहिलो, दोश्रो र तेश्रो भएको हिसान कास्कीले जनाएको छ ।

टेबुल टेनिस प्रतियोगिता अन्तर्गत सम्पन्न टेबुल टेनिसमा प्लस टु छात्र–छात्र तर्फ सिंगल्सतर्फ स्टेप वाई स्टेपका सुलभ केसी पहिलो, टप्सका क्षितिज गुरुङ दोश्रो,प्रतिभाका मनिष भुजेल र ग्लोबलका नयन बस्नेत तेश्रो भएका छन् । छात्रातर्फ
डायमण्डकी अंकिता गुरुङ पहिलो, डायमण्डकै अनुषा गौतम दोश्रो, सिर्जनाकी पदमा थापा र न्यू मोडलीक पार्वती श्रेष्ठ तेश्रो भए ।

छात्रा डबल्सतर्फ ग्लोबल कलेजियटका विपिन श्रेष्ठ र सोनिम गुरुङको जोडी पहिलो, टप्स माविका क्षितिज गुरुङ र मुकेश थापाको जोडी दोश्रो, सिर्जनाका प्रवेश बानिया र मिलन खड्काको जोडी र प्रतिभाका मनिष भुजेल सुवर्ण रुम्वाको जोडी
तेश्रो भएका छन् भने छात्रा डबल्समा डायमण्डका अनुषा गौतम र अंकिता गुरुङको जोडी पहिलो, पोखरा आदर्शका अंशु भट्ट र रोडा तामाङको जोडी दोश्रो न्यूग्यालेक्सीका मन कमारी थापा र सुनामी तामाङ तथा ग्लोबलका बन्दना भुजेल र
अमुल्य घलेको जोडी तेश्रो भए ।

यस अघि बास्केटबल खेल छात्र तर्फ फाइनल खेलको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका थिए । विजेता टिम तथा खेलाडीहरु लाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रतियोगिताका
संयोजक डा.रामजी शर्मा, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल लगायतले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रम हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा सम्पन्न भएको थियो । हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हरु भव्य रुपमा सम्पन्न भएको स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाउनुभएकाे छ ।

बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहेको थियो भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहेको संयोजक शर्माले जानकारी दिनुभयाे । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको थियो ।

यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ टेबुल टेनिसतर्फ ३४–३४ विद्यालयहरुको सहभागिता रहेको थियो । हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च भएको आयोजकले जनाएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय,कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका थिए भने करिव ३ हजार ५ सय खेलाडीहरु प्रत्यक्ष रुपमा
विभिन्न ४ खेलमा सहभागिता जनाएका थिए । प्रतियोगितामा ९ बटा विश्वविद्यालयहरुकोसहभागिता संगै स्पोर्टस मिटमा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले स्पोर्टस मिट अवलोकन गरेको प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिनुभयाे ।


काठमाडौं

मङ्लबार, मंसिर १९, २०८०

२२.१५°

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान