पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पत्रकार अमृत सुवेदीले प्रश्न गरे, ‘कुनै पंखा बेसरी घुम्छन् तर हावा दिँदैनन् । तपाईं मेयरपछि दौडधूपमा हुनुहुन्छ । तर जनताले परिणाम देख्न पाएका छैनन् । पोखराको कामले छोरी भेट्न फुर्सद छैनन भन्नुभयो । केही समयअघि सकिएको विश्वकप तपाईंले ठूलो स्क्रिनमा सहरमा देखाउनुभयो । अब पोखराको उपलब्धि ठूलो स्क्रिनम कहिले देखाउने ?’पोखरामा जारी दशौं अन्तर्राष्ट्रिय साहित्य महोत्सवको ‘कस्तो पोखरा’नामक सेसनमा सहजकर्ता सुवेदीले मेयर आचार्यलाई सोधेको सुरुवाती प्रश्न थियो यो । उक्त बहसमा मेयरसँगै कास्की–२ कि प्रतिनिसिभा सांसद विद्या भट्टराई र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आननन्दराज मुल्मी सहभागी हुनुहुन्थ्याे ।
मेयर आचार्यले पोखराको विकासमा आफू व्यस्त हुनुका उदाहरण पेस गर्नुभयाे । उहाँले आफू निर्वाचित भएको ६ महिनामा सबैभन्दा बढी जनवरी १ बाट सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र सोलिड वेस्ट म्यानेजम्यान्टमा बढी समय लगानी भएको बताउनुभयाे । ‘अन्तर्राष्ट्रि विमानस्थल, त्यसको तयारीमा रहेको सोलिड वेस्ट म्यानेजमेन्ट ल्याण्डफिल साइटको सन्दर्भमा हेर्ने, खोज्नमा समय गएको छ । अब हामी अन्तिम चरणमा पुगेका छौं,’ उहाँले भन्नुभयाे ।
महानगरप्रमुख आचार्य निर्वाचित भएर आएपछि सबैभन्दा ठूलो समस्याको रुपमा रहेको ल्याण्डफिल साइट व्यवस्थापन उहाँको
चुनौती थियो, उहाँले अब फोहोर मैला प्रशोधन केन्द्र निर्माण गर्ने निर्णय हालैको कार्यपालिका बैठकमा गरेको बताउनुभयाे ।
‘नेपालभरिका सबै स्थानीयत तहले फोहोर व्यवस्थापनको ठाउँमा टिकट काटेर जाने अवस्था बन्छ,’ आचार्यले भन्नुभयाे ।
एनले फास्टट्र्याकको योजनाबारे सुरु भइरहेको कामबारे बताउनुभयाे । ‘अहिले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने बित्तिकै तराईतिरको सहरजस्तो छ पोखरा । फोहार छन् । त्यसलाई व्यवस्थापन गर्नेदेखि बसपार्क निर्माण गर्ने योजनामा छौं । बसपार्क व्यवस्थापनको काम भइरहेको छ । सबै क्षेत्रका विज्ञलाई राखेर यातयात समिति बनेको छ । यातयातदेखि ट्राफिकसम्म सबैलाई व्यवस्थापन गरेका गर्नेछौं,’ उहाँले भन्नुभयाे ।
उहाँले अवैध संरचना हटाउन परेका चुनाती र त्यसमा निरन्तर गरिरहेको प्रयासबारे बताउनुभयाे । ‘हामीले अन्डरग्राउण्डलाई खाली गर्यौं । त्यो सबैतिर खाली छ । कुनै धेरै धरपकड गर्नुपरेन । सबैले खाली गर्नुभयो । सडकमा पैसा तिरेर बसेको वैधानिक पार्टी छ । त्यो तोड्का लागि हामीले प्रक्रिया अगाडि बढायौं । पर्सिदेखि सबै अन्डरग्राउण्डमा पार्किङको व्यवस्था हुन्छ,’ उहाँले भन्नुभयाे, ‘पछिल्लो अवधिमा पोखरा महनगरपालिकाले यसको मापदण्ड ३५ मिटर बनाउने निर्णय गर्यो । त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो । म आएपछि ६५ मिटर क्षेत्रभित्र कुनै पनि नयाँ संरचना नबनाउनु, बनाउन नदिनु भन्यो । आज हामीले त्यही गरेका छौं । सर्वोच्चले जति छिटो आदेश दिन्छ त्यति छिटो हटाउँछौं ।’
सहजकर्ता सुवेदीले उद्योगी आनन्दराज मूल्मीतर्फ प्रश्न गर्नुभयाे, ‘तपाईंहरूले आन्दोलन र अनसन बसेर बनेको विमानस्थल हो । यो ल्याण्डफिल्ड साइट हामी बनाउँछौं भनेर निजी क्षेत्रले किन गर्न नसकेको?’
मूल्मीले आफूहरूले पोखरा सहर बनाउन निजी क्षेत्रले धेरै योगदान गरे पनि कतिपय काम राज्य आफैंले गर्नुपर्ने बताउनुभयाे । ‘सबै कुरा निजी क्षेत्रले गर्देन । कति काम राज्य आफैंले गर्नुपर्ने छ । नीतिगत रुपमा निर्णय भएको भए गथ्र्यौं होला नि,’ उहाँले भन्नुभयाे ।
मूल्मीले पोखरा नगरपालिका हुँदाकै संरचना अहिले महागनर हुँदा पनि त्यही भएको गुनासो गर्नुभयाे । ‘हामी के अपेक्षा गर्ने महानगरबाट । मेयरको नेतृत्वमा महानगरपालिकाले तत्कालै सुधार गर्न सकोस् । पोखरा प्रदुणमुक्त, हरियाली, स्वच्छ र सफा हुन सकोस्,’ उहाँले भन्नुभयाे ।
उहाँले पोखरामा जन्मेका र पोखरालाई कर्मथलो बनाउन आउका साथीहरूले अपनत्व र आत्मीयता ग्रहण गरेको गरेको ठाउँलाई स्मरण गर्दै भन्नुभयाे, ‘हिजोको पोखराको सुरुवात आजभन्दा २ सय ७० वर्षअगाडि निजी क्षेत्रले नै सुरुवात गरेको थियो । काठमाडों उपत्यकाका शिल्पी, व्यवसायी र कामदार गरी १ सय ५० जनाबाट सुरु भएको पोखरा आज महानगरको रुपमा परिणत भएको छ । यसमा काम गर्ने साथीले गरेको योगदानको स्वरुप आजको पोखरा हो । पोखरा सधैं जीवन्त सहरको रुपमा कायम रहोस् भन्ने हाम्रो कामना हो,’ उहाँले भन्नुभयाे ।
उहाँले अन्तर्राष्टिय पोखरा विमानस्थलको सन्दर्भमा अन्तर्राष्ट्रिय एअरपोर्ट बन्न ३ हजार मिटरको रन वे न्यूनतम आवश्यक रहेको बताउनुभयाे । ‘जबसम्म ३ हजार मिटरको रनवे हुन्न, तबसम्म हामीले चाहेका विश्वका अन्य सहरसम्म पोखराबाट पुग्ने रहर पूरा हुँदैन,’ उहाँले भन्नुभयाे ।
मूल्मीलाई सहजकर्ता सुवेदीले निजी क्षेत्रले विमानस्थलका लागि कसरी सहजीकरण गर्छ भन्ने प्रश्न गर्नुभयाे । उहाँले निजी क्षेत्रले सुरुवातदेखि नै पोखरा बनाउन योगदान गरेको दाबी गर्दै भन्नुभयाे, ‘ पोखरामा सभागृह बनाउन योगदानदेखि महेन्द्रनगरको पुल निर्माण र नयाँ बजारको पुल निर्माणमा पनि निजी क्षेत्रको सहयोग थियो । लेकसाइडको विकास निजी क्षेत्रको प्रतीक हैन र । तर निजी क्षेत्रलाई सस्टेन गर्न राज्य संयन्त्रले नीति निर्माण गर्न कन्जुस्याँइ गरेको छ ।’
सहजकर्ता सुवेदीले कास्की–२ बाट निर्वाचित भएकी संघीय सांसद विद्या भट्टराईतर्फ प्श्न गर्नुभयाे, ‘…तपाईं अघिल्लो पालि उपनिर्वाचनमा लड्दै गर्दा कतिपयले रवीन्द्रको विरासतमा भने । यसपालि जनताले दोस्रो पटक अनुमोदन गरे । यहाँको ल्याण्डफिल साइट जस्तो पोखरालाई व्यवस्थित बनाउन संघीय सदनबटै पहल गर्नुहोला भनेका थिए, तपाईंले त मट्टिखानमा रेल ल्याउने खालको कुरा गर्नुभयो भन्ने चर्चा छ ।’भट्टराईले भन्नुभयाे, ‘सबै छाडेर मेट्रो रेलको चर्चा गरेको हैन । पोखराको कुरा गर्दा पर्यटन सहितको पोखरा खोजिरहका छौं । पर्यटनका लागि आकर्षक कुरा के दिने?’ उहाँले सुनौलो कुरा भन्दा पनि आम कुरालाई समेट्दै जाऊँ भन्ने लागेर यी योजना बुनेको बताउनुभयाे ।
ल्याण्डफिल साइटको सन्दर्भमा आफूले यसबारे संसदमा कुरा पनि उठाएको बताउनुभयाे । महानगरपालिबकाले आफैं जिम्मा लिएर गर्छु भनेको कुरामा आफूले हस्तक्षेपकारी भन्दा पनि सहयोगी भूमिका निभाएको बताउनुभयाे । ‘मैले अघिल्लो संसदमा भनेको थिएँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थाललाई समयमा सम्पन्न गर्ने कुरा पोखराको ल्याण्डफिल साइटको व्यवस्थापनसँग जोडिएको छ । यो कुरालाई स्थानीय तहलाई मात्र जिम्मा लगाएर हुन्न । संघीय सरकारले यसको जिम्मेवारी लिनुपर्छ,’ उहाँले भन्नुभयाे । एनले पोखारलाई सुन्दर सहर कसरी बनाउने भन्ने कुरामा बहस थालनी गर्नुपर्ने बताउनुभयाे ।