पोखरा । जिल्ला समन्वय समिती कास्कीले कास्कीबाट प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा बाेल्दै कास्की क्षेत्र न ३ बाट प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागिले राष्ट्रिय बिकासका लागि सबैको हातेमालो आवश्यक भएको भन्दै बिकास सम्पूर्णकाे सहभागिता बाट मात्रै सम्भव हुने बताउनुभएकाे छ।
प्रदेश सभा सदस्य प्रकाश बरालले निरन्तर बिकास नै जन अपेक्षा भएको हुँदा आफुहरू नीति निर्माण सङ्गै बिकासमा लागि पर्ने बताउनुभयाे ।त्यस्तै प्रदेश सभा सदस्य सरस्वती गुरुङले उल्लेख बिकास अबको पालो हुने र त्यसैमा केन्द्रित हुने बताउनुभयाे ।
जिल्ला समन्वय समिति कास्किका प्रमुख लिलाधर पौडेलले बिकासका निम्ति प्रभाबकारी समन्वयका लागि परिचात्मक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयाे। पौडेलले प्रदेशमा केही कानुन नहुदा अनुगमन र समन्वय प्रभावित भएको भन्दै नवनिर्वाचित सांसदलाइ ध्यानाकर्षण गराउँदै त्यसकालागि यथासक्य पहल गरिदिन आग्रह गर्नुभयाे । उहाँले स्थानिय ,प्रदेश र केन्द्रिय सरकारका विकासका काममा अनुगमन र समन्वयका लागि जिल्ला समन्वय समिती हरहमेसा तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयाे।
कार्यक्रममा प्रदेश सभा सदस्य देबका पहारी त्रिपाठी ,नन्दकला दमै ,राजकुमारी भुजेल , जिल्ला बिकास समिति कास्कीका पूर्व सभापति पुण्य पौडेल ,जिल्ला समन्वय समिती कास्किका निवर्तमान प्रमुख बैन बहादुर अधिकारी क्षेत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे।
नवनिर्बाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरूलाइ बधाई ज्ञापन सहित सम्मान गरिएको कार्यक्रममा स्वागत जिल्ला समन्वय समिती सदस्य सीतादेबि बिक र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएकाे थियाे। कार्यक्रम जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।