चितवनको भरतपुरमा बिहीबारदेखि हर्न निषेध

author

समाचारपाटी

९ महिना अगाडि

भरतपुर । चितवनको भरतपुरमा बिहीबारदेखि हर्न निषेध गरिएको छ। भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको समेत व्यवस्थापन गर्ने भएको छ।

बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको छ। एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाका सवारी साधनका यात्रु चढाउने तथा झार्ने कार्य केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ। पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारी साधनका यात्रु चढाउने तथा झार्ने काम केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाइन्सचोक हुँदै पुलचोकबाट बाहिरिने व्यवस्था गरिएको छ। पश्चिम जाने यात्रुबाहक सवारी साधनले केन्द्रीय बर्सपार्कबाट यात्रु चढाउने तथा झार्ने गरी जानुपर्ने नियम बनाइएको छ।

यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने सवारी साधनको पार्किङ स्थल नारायणगढ बसपार्क हुनेछ। भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुबाहक बसका लागि पार्किङ केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ। नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्कतर्फ जाने ट्रक र लामो दूरीका बस प्रवेशमा निषेध गरिएको छ।

यस्तै काठमाडौँ पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुबाहक सवारी साधन ट्रक, लहरी, टिपरजस्ता मालबाहक सवारी साधनलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ। महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बजार क्षेत्रमा हर्न बजाउन निषेध गरिएको छ। यस्तै नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दाँयाबायाँ भागमा निजी तथा भाडाका सवारी साधनलाई पार्किङमा निषेध गरिएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको परिकल्पना अनुसार सवारी साधनलाई व्यवस्थापन गर्न लागिएको बताए। बाहिर छरिएर राखिने सवारी साधनका कारण सहरको सुन्दरतामा ह्रास आएको र आवागमनसमेत प्रभावित भएका कारण बजार र पार्किङ व्यवस्थापनको काम गर्न लागिएको उहाँले जानकारी दिनुभयाे।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले आजदेखि ट्राफिक व्यवस्थापनको काम परिवर्तन हुने र दुई बसपार्क पूर्णरुपमा सञ्चालनमा आउने बताउनुभयाे। उहाँले पटक–पटक यातायात व्यवसायीसँग छलफल गरेर निर्णय कार्यान्वयन गर्न लागिएको बताउनुभयाे।

रासस


काठमाडौं

बुधबार, अशोज १०, २०८०

२६.६१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेप्से

Name
Value
Change(%)

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन