‘योजना अनुसार पूर्ण क्षमतामा सञ्चालनमा ल्याउँदा लागत ४० करोड पुग्छ होला’:-मनोज मरोडिया

author

समाचारपाटी

९ महिना अगाडि

वीरगञ्जका व्यवसायी मनोज मरोडिया स्टेशनरी व्यवसाय गर्नुहुन्थ्याे । उहाँले बिक्री गर्ने कलम भारत तथा तेस्रो मुलुकबाट आउँथ्यो । भारतीय कम्पनीले हरेक दुई–दुई महिनामा मूल्य बढाउँथ्यो ।

भन्सार तिरेर ल्याउँदा लागत बढी पर्ने, भन्सार छलेर ल्याउनेहरुले जहिल्यै सस्तोमा बेच्ने । १६ वर्ष उहाँले नेपाली कलम बजारलाई नियाले, विद्यार्थीले प्रयोग गर्ने कलम र सरकारी कार्यालयमा प्रयोग हुने कलमको तथ्यांक केलाउनुभयाे । भारतीय कम्पनीहरुले गर्ने कारोबारलाई पनि नियाल्नुभयाे । वार्षिक ३० करोड पेन नेपालमा खपत हुने उहाँले पत्ता लगाउनुभयाे ।

त्यसपछि उहाँलाई लाग्यो, यो बजार त ठीकै छ । किन नेपालमै स्वदेशी कलम उद्योग नखोल्ने रु स्टार लाइनले राम्रै व्यापार गरेको उहाँले देख्नुभएकाे थियाे । स्वदेशमै कलम उद्योग स्थापना गर्ने उद्देश्यले उहाँले दुई वर्ष अघिबाट काम सुरु गर्नुभयाे । अहिले उहाँको योजनाले साकार रुप लिंदैछ ।

उहाँले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा उद्योग स्थापना गरिसक्नुभएकाे छ –विणा शक्ति पेपर एण्ड स्टेशनरी प्रोडक्ट उद्योग । बाराको परवानीपुर गाउँपालिका– ४ चैनपुरमा उद्योग छ ।

उद्योगमा जापानिज प्रविधिका तीन वटा मेसिन जडान भइसकेको छ । त्यस्ता मेसिन १० वटा जडान गर्ने लक्ष्य छ । तीन तलाको भवन तथा मेसिनमा गरेर २५ करोड रुपैयाँ लगानी गरिसकेको सञ्चालक मरोडियाको दावी छ ।

थप मेसिन ल्याउन र अन्य काम सम्पन्न गर्दा लागत ४० करोड रुपैयाँ पुग्ने अनुमान उहाँको छ । ‘८५ प्रतिशत काम सम्पन्न हुँदा २५ करोड रुपैयाँ खर्च भएको छ’, उहाँले भन्नुभयाे, ‘योजना अनुसार पूर्ण क्षमतामा सञ्चालनमा ल्याउँदा लागत ४० करोड पुग्छ होला ।’

अढाइ कट्ठा जमिनमा स्थापना गरिएको उद्योगले १०० देखि १२५ जनासम्मलाई रोजगारी दिने सञ्चालक मरोडिया बताउँनुहुन्छ । ‘फ्रेन्ज’ ब्रान्डमा उत्पादन हुने उद्योगले बलपेन र जेलपेन गरी १६ प्रकारका कलम उत्पादन गर्नेछ । माघदेखि बजारमा कलम पुग्नेगरी काम भइरहेको सञ्चालकको भनाइ छ । कलमसँगै उद्योगले ६ प्रकारको इरेजर, २ प्रकारको सार्पनर, २ प्रकारको स्केल र मार्करसँगै स्टेशनरी सामग्रीको पनि उत्पादन गर्ने लक्ष्य राखेको छ ।

उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कलम आयातमा प्रतिस्थापन गर्न सक्ने विश्वास लिएको मरोडियाले बताउनुभयाे । ‘न्यूनतम ५ रुपैयाँदेखि ५० रुपैयाँसम्मको कलम हामी उत्पादन गर्छौ, इन्क र नोजल टिप्स मात्रै यहाँ बन्दैन, अरु सबै सामान हामी नै बनाउँछौं’, उहाँले भन्नुभयाे, ‘सुरुमा बजारमा जाँदा अप्ठेरो त हुन्छ नै, तर गुणस्तरमा ध्यान दिएका छौं, एक पटक हातमा जान्छ भने घुमाएर हेर्छन् ।’

इन्क र नोजल टिप्स बाहेकका सामान उद्योगमै बन्नेछ । ती दुईथरी सामान भारत, जापान, कोरिया र जर्मनीबाट मगाउने उहाँको भनाइ छ । प्लाष्टिकको दाना भने भारत तथा दुबईबाट मगाइरहेको उहाँले बताउनुभयाे ।

नाम चलेका भारतीय ब्रान्ड सेलो, लिंक, फ्लेयर, हाउजर, मोन्टेक्स जस्ता कम्पनीले दिने गुणस्तर आफ्नो कम्पनीले दिने उहाँको दावी छ । त्यसका लागि उहाँले भारतीय कम्पनीकै प्राविधिक टिम झिकाउनुभएकाे छ ।

नेपालमा खपत हुने ३० प्रतिशत कलम अवैधानिक बाटो हुँदै भित्रिने गरेको व्यवसायीहरू दावी गर्छन् । अझ भारतसँग सीमा जोडिएको तराई क्षेत्रमा ८० प्रतिशत कलम भन्सार छलीकै हुने गरेको उहाँहरु बताउँनुहुन्छ ।

उच्चस्तरीय जापानिज प्रविधिको स्वचालित मेसिन जडान गरिएको उद्योगले २४ घण्टामा ३ देखि ४ लाखसम्म कलम उत्पादन गर्ने सञ्चालकको भनाइ छ । वार्षिक ९ करोड थान कलम बेच्ने र ४० देखि ५० करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । कलमको सेल्फ लाइफ २ वर्ष राखिएको छ ।

कलममा नेपाल आत्मनिर्भर छैन । आयात गरेर नै बजारमा पठाउने गरिएको छ । नेपाली बजारमा हुने कलमको मागको ४० प्रतिशत हिस्सा ओगट्ने योजना सहित उत्पादन सुरु गरिएको उद्योग सञ्चालक मरोडिया बताउँनुहुन्छ ।

सरकारले साथ दिएको खण्डमा आफ्नो लक्ष्य पूरा हुने उहाँले बताउनुभयाे । ‘कच्चा पदार्थ प्लाष्टिकको दानामा १० प्रतिशत भन्सार तिनुपर्छ, तयारी पेन ल्याउँदा १५ प्रतिशत भन्सार लाग्छ’, उहाँले भन्नुभयाे, ‘सरकारले कच्चा पदार्थ र तयारी सामानबीचको भन्सार शुल्कमा कम्तीमा १० प्रतिशतको अन्तर राखिदिनुपर्छ । त्यसो गर्दा आयत निरुत्साहित हुन्छ र स्वदेशी उत्पादनमूलक उद्योगले बजारमा प्रतिस्पर्धा गर्न सक्छन् ।’

सीमा क्षेत्रबाट हुने कलमको चोरी तस्करीलाई पनि राज्यले नियन्त्रण गरेर सघाउनुपर्ने उहाँको भनाइ छ । ‘नेपालमा कलमको बजार ठूलो छ, बजारको माग अनुसारकै सामान हामी दिंदैछौं’, उहाँले भन्नुभयाे, ‘स्वदेशी उद्योगलाई सरकारको सहयोग भने आवश्यक पर्छ ।’

source:-onlinekhabar


काठमाडौं

शुक्रबार, अशोज ५, २०८०

२१.०५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन