प्याब्सन स्पोर्टस मिट :- भलिबल, फुटबल, बास्केटबल र एथलेटिक्सका खेल जारी

author

समाचारपाटी

१ year अगाडि

पोखरा । १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर, जुनियर र प्लस टु तर्फका विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन्। निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट
अन्तर्गत मंगलबार सिनियर र जुनियरतर्फ फुटबल, प्लस टु तर्फ भलिबल र बास्केबल तथा एथलेटिक्सका खेलहरु जारी रहेका हुन् ।

भलिबल छात्र मावि र प्लस टु तर्फका खेल जारी प्याब्सन स्पोर्टस मिट अन्तर्गत मंगलबार मावि तहतर्फ क्वाटर फाइनल र प्लस टु (कक्षा ११–१२) तर्फ क्वाटर फाइनलका समिकरण पुरा भएको भलिबल खेलका संयोजक नविन बरालले बताउनुभयाे ।

मवि छात्रतर्फ भएको खेलमा रेन्वोले डायमण्डलाई २–० ले, ढुङ्गेसाँघुले नेपाल आदर्शलाई २–१ ले, न्यू मोडलले अल्फालाई २–० ले, धौलागिरीले एक्स आर्मीलाई २–० ले पराजित गर्दा एक अर्को खेलमा रेन्वो भने तारापुञ्ज संग २–१ को सेटमा पराजित भएको छ ।

त्यस्तै वेष्ट पोइन्टले मिलिनियमलाई २–० ले खेल जिते पनि अर्को एक खेलमा भने निलगिरी संग २–१ ले आफ्नो खेल गुमाएको छ । यसै गरी सगरमाथाले सवलाइमलाई २–० को सोझो सेटमा पराजित गरे पनि अर्को एक खेलमा सृजना संग २–० को सोझो सेटमा खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसै गरी नेशनल इन्भेन्टिभले हिल पोइन्टले २–० ले पराजित गर्दा विद्या निकेतनले पोखरा स्पाइरललाई वाक ओभर दिएको संयोजक बरालले बताउनुभयाे । यता प्लस टु छात्रतर्फ गुरुकुल, सृजना, टप्स र केफले सेमीफाइनलमा स्थान बनाएका छन् । सम्पन्न खेलमा गुरुकुलले पश्चिमाञ्चललाई २–० ले, सृजनाले हाभर्डलाई २–० ले, टप्सले पोखरा पव्लिकलाई २–० ले केफले माउन्ट अन्न्नपूर्णलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्र

सिनियर तथा जुनियर फुटबल : प्रि–क्वाटरका खेल सुरु
१७ औं प्याब्सन स्पोर्टस मिट अन्तर्गत सोमबारबाट सिनियर तथा जुनियर फुटबलतर्फ प्रिक्वाटरका प्रतिष्पर्धाहरु सुरु भएको प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिनुभएकाे छ । सिनियरतर्फ गौरीशंकर खेल मैदान हेम्जामा सम्पन्न खेलमा रेन्वोले डायमण्डलाई १–० ले, हिल पोइन्टले मेरी गोल्डलाई २–१ ले, शान्तीदिपले ग्लोबललाई ५–० को भारी गोल अन्तरले पराजित गर्दा पोखरा पब्लिकले मेट्रोपोलिटानले ६–१ ले पराजित गर्न सफल भएको छ ।

त्यसैगरी स्नो भ्यूले सृजनालाई ३–१, बाल विद्याले विद्या निकेतनलाई २–० ले पराजित गरेका छन् । दुई खेलको नतिजा भने टाइव्रेकरमा आएको छ । शिसु कल्याणले शान्ती निकुञ्जलाई ४–२ ले पाखा लगाएको छ भने एक अर्को खेलमा
बालोदयले पोखरा एकेडेमीलाई ७–६ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै खेल बराबरीमा सकिएको थियो ।
नेपाल आदर्शको खेल मैदानमा सम्पन्न खेलमा इडेनले हिल पोइन्टलाई १–० ले,भ्यू पोइन्टले बाल विद्यालाई ३–० ले पराजित गर्दा दुई खेल भने टाइ व्रेकरमा सम्पन्न भएकाछन् । मनकामना र एक्स आर्मी विचको खेलमा निर्धारित समयमा १–१ को बराबरीमा सकिए पछि टाइ व्रेकरमा मनकामनाले ३–२ ले खेल जित्यो भने त्यस्तै कुमुदिनी र केफ विचको खेल समेत १–१ गोलको बराबरीमा सकिए पछि टाइव्रेकरमा कुमुदिनीले ४–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यता शान्तीदिप खेल मैदानमा भएको जुनियरतर्फको खेलमा मेट्रोपोलिटानले टाइ व्रेकरमा ६–५ ले जित दर्ता गर्दा बेसलाइनले पारामाउण्टलाई ३–१ ले, रेन्वोले गुरु कुललाई ६–५ ले टाइ व्रेकरमा जित हासिल गरेको छ । आज कै भएको एक अर्को खेलमा स्नो भ्यूले सगरमाथालाई १–० ले पराजित गरेको छ ।

प्लस टु बास्केटबलमा क्वाटरफाइनलको समिकरण पुरा
प्याब्सन स्पोर्टस मिट अन्तर्गत नै पोखरा रंगशालमा जारी प्लस टु छात्र बास्केटबलमा क्वाटरफाइनलको समिकरण पुरा भएको बास्केटबल संयोजक खिम गुरुङले जनाउनुभएकाे छ ।

प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा बाल कल्याण, पश्चिमाञ्चल, प्रतिभा र पारामाउण्टले अन्तिम चौथोमा स्थान पक्का गरे । बाल कल्याणले मेरी गोल्डलाई ४५–२८ ले,पश्चिमाञ्चलले सोसल पब्लिकलाई ३२–१० ले, प्रतिभाले माउन्ट अन्नपूर्णलाई ६३–५९ ले र पारामाउण्टले हाभर्डलाई २४–१९ को स्कोरले पराजित गरेको छ । सेमीफाइनल खेल मंगलबार बिहान बाट सुरु हुने संयोजक गुरुङले जानकारी दिनुभयाे ।

एथलेटिक्सका प्रतिष्पर्धा जारी
प्याब्सन स्पोर्टस मिट अन्तर्गत एथलेटिक्स प्लस टु छात्रातर्फ १०० मिटर दौड प्रतिभाकी यूरिका बज्रचार्यले १५ः७ सेकेण्डमा दुरी पार गर्दै जित्नुभएकाे छ । त्यस्तै स्नो भ्यूकीअपेक्षा कार्कीले १५ः८८ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा बाल कल्याणकी सुदिक्षा घलेले १५ः१९ सेकेण्डमा दुरी पार गरी तेश्रो हुन सफल हुनुभयाे ।

मावि तह छात्र शटपुटतर्फ अल्फाका अमित चन्द्र पहिलो हुँदा फेवा पब्लिकका अनिश बिक दोश्रो र न्यू मिलेनियमका रामोन गुरुङ तेश्रो हुनुभएकाे छ । त्यसै गरी लङजम्पतर्फ न्यू मोडलका कुमार मल्ल पहिलो भए भने लिटिल स्टेपका मिलन नेपाली दोश्रो र डायमण्डका बन्दन थापा तेश्रो हुनुभयाे ।

प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल,छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दाबढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६टिमको सहभागिता रहेको छ ।

त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिनुभएकाे छ । कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।

१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको अध्यक्ष मथुरा प्रसाद पौडेलले बताउनुभयाे ।


काठमाडौं

शनिबार, फाल्गुन १२, २०८०

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

खेलकुद समाचार

थप देखाउनुहोस्

ACC Men's U19 Asia Cup 2023

Nepal

116

:

261

Afghanistan

FULL TIME

ACC Men's U19 Asia Cup 2023

Nepal

152

:

153

Pakistan

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

प्रमोद खरेलको नयाँ गीत ”मनमा पर्‍यो चोट” सार्वजनिक (भिडियो)

प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’...

चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन