‘समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य’:-देवेन्द्र पौडेल

author

समाचारपाटी

१ year अगाडि

पोखरा । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कास्कीद्वारा आयोजित १७ औं प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन सम्पन्न भएको छ । पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य समारोहका विच संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्नुभएकाे थियाे ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पौडेलले समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य रहने कुरामा जोड दिनुभयाे । उहाँले भन्नुभयाे–‘जसरी शिक्षा बिना समाज विकासको परिकल्पना गर्न सकिंदैन त्यसरी नै समाजमा अनुशासन कायम गर्ने संगै स्वास्थ्यका लागि समेत खेलकुदको विकास आवश्यक छ ।’

मुलुकको अग्रगामी बिकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै, विशेष गरी उच्च तहका शिक्षण संस्थाहरु थप जिम्मेवारी बहन गर्न आवश्यक रहेको उहाँले औंल्याउनुभयाे । शिक्षा संगै सिपको विकास र अध्ययन लाई रोजगार संग जोड्नु पर्ने बताउँदै मन्त्री पौडेलले भोलीका कर्णधारहरुको भविष्य सुनिशि्चत गर्न तिनै तह गर्न शिक्षण पद्धतीलाई सुधार गर्नु पर्ने बताउनुभएकाे थियाे । उहाँले भन्नुभयाे–‘शिक्षाको विकासका लागि सबैको सहकार्य, सहयोग र हातेमालोको आवश्य छ ।’

शिक्षण संस्थाहरुमा तालावन्दी गर्ने र बन्द गर्ने जस्ता कुराहरुलाई रोक्न आग्रह गर्दै कानुनमा कुनै अवरोध भए त्यसको समाधान गर्न सरकार गम्भिर भएर अघि बढ्ने मन्त्री पौडेलले बताउनुभयाे । सबै नगरिकहरु जिम्मेवार भए नेपाली शिक्षण संस्थाहरु सुधार गर्ने अभियानमा साथ र सहयोग गर्न पनि उनले जोड दिंदै उहाँले नेपाली शिक्षण संस्था विरुद्ध भइरहेका अनर्गल प्रचार बन्द गन समेत आग्रह गर्नुभयाे ।

‘सबै मिलेर नै नेपालको शिक्षामा सुधार ल्याउन सकिन्छ त्यसका लागि सबै निजी शिक्षण संस्थाहरु समेत एक जुट भएर अघि बढ्न म आह्वान गर्दछु’, उहाँले भन्नुभयाे । प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा, गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसद बेद बहादुर गुरुङ, पोखरा विश्वविद्यालयका उपकुलपति प्रो.डा प्रेम नारायण अर्याल, प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी लगायतले अुनशासन र कृयाशिलताका लागि खेलकुद अपरिहार्य रहने बताउनुभएकाे थियाे ।

उद्घाटन अवसरमा कास्की प्याब्सन संग आवद्ध ५२ विद्यालयहरुले मार्च पास गरेका थिए । उक्त मार्च पासमा रेन्वो एकेडेमी होम्स पहिलो भएको छ । त्यसै गरी मेरी गोल्ड दोश्रो, पोखरा लनर्स तेश्रो स्थान हात पार्दा हाभर्ड मावि, हिल पोइन्ट मावि, ढुङ्गेसाँघु मावि तथा विन्द्येश्वरी माविले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

आइतबार नै सम्पन्न एथलेटिक्स प्लस टु छात्र १५०० मिटर दौडमा करुणानिधीका बिबेक परियार प्रथम, प्रतिभा सेकेण्डरी होम बहादुर अधिकारी द्वितिय र सृजना सेकेण्डरीका सन्दिप श्रेष्ठ तृतिय भएका छन् । प्लस टु ८०० मिटर छात्रातर्फको दौडमा स्नो भ्यू माविकी पार्वती श्रेष्ठ प्रथम, बेथानीकी रोमिना गुरुङ द्वितिय र प्रतिभा सेकेण्डरीकी ऐरिना पुर्जा तृतिय हुन सफल भए ।

एथलेटिक्सतर्फका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद बेद बहादुर गुरुङ, प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण केसी, केन्द्रिय सदस्य प्रेम प्रसाद शर्मालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र भलिबलतर्फ आइतबार ८ खेल सम्पन्न भएको भलिबल संयोजक नविन बरालले जानकारी दिनुभएकाे छ । सम्पन्न प्रतियोगिता गुरुकुलले प्रतभालाई २–० को सोझो सेटमा पराजित गर्दा पोखरा पव्लिकले एक्स आर्मीलाई २–० ले, पश्चिमाञ्चलले ताराकुञ्जलाई २–० ले, सृजनाले कुमुदिनीलाई, माउन्ट अन्नपूर्णले बेथानीलाई, टप्सले सबलाइमलाई,केफले गोल्डन नेचरलाई २–० को सोझो सेटमा पराजित गरेका छन् भने हाभर्डले भास्करलाई २–१ को सेटमा पराजित गर्न सफल भएको छ ।

प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल,छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा
प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिनुभएकाे छ ।

कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।

१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताउनुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, फाल्गुन ११, २०८०

१३.१५°

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

ACC Men's U19 Asia Cup 2023

Nepal

116

:

261

Afghanistan

FULL TIME

ACC Men's U19 Asia Cup 2023

Nepal

152

:

153

Pakistan

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

प्रमोद खरेलको नयाँ गीत ”मनमा पर्‍यो चोट” सार्वजनिक (भिडियो)

प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’...

चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक