काठमाडौँ। डाउन सिन्ड्रोम भएका बालबालिकालाई लक्षित गर्दै नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मङ्सिर २४ गते शनिवार डाउन सिन्ड्रोम हेल्थ सर्पोट एशाेसिएसन नेपालले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नयाँबानेश्वरस्थित कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो ।

डाउन सिन्ड्रोम भएका बालबालिकामा विशेषत आँखा , कान, नाक, घाँटी, बोली एव शारीरिक रुपमा समस्याहरू हुने भएकाले सम्बन्धित क्षेत्रका ६ जना विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच गराइएको संस्थाकी अध्यक्ष डा ललिता जोशीले जानकारी दिनुभयो । काठमाण्डौं र बाहिरका जिल्लाका ३६ जना बालबालिकाहरूले आँखा , श्रवण परीक्षणसहित ईएनटी, डेन्टल, फिजियो, पेशागत र स्पीच थेरापीको मूल्याङ्कन र सुधारका लागि सुझावहरू लिएका थिए । नयाँ आमाबाबुलाई एउटै छानामुनि परामर्श रेडियोलोजिष्ट डाक्टर, अटिजम भएका डिएसका अभिभावकले आफ्ना अनुभवहरू सुनाएका थिए ।

संस्था स्थापना भएपछि पहिलोपटक काठमाण्डौँमा निशुल्क शिविर आयोजना गरिएको भएपनि आगामी
दिनमा उपत्यका बाहिर समेत यस्ता शिविरहरू आयोजना गर्दै लैजाने सोच रहेको संस्थाकी अध्यक्ष डा
जोशीले बताउनुभयो ।
