प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यवसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत

author

समाचारपाटी

१२ महिना अगाडि

पोखराको अग्रणी विद्यालय प्रतिभा माविले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको विज्ञान प्रदर्शनी र ‘व्यवसायिक योजना’ कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ । गत कार्तिक २५ र २६ गते आयोजित कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट हुनेहरुलाई नगदसहित विद्यालयले विहीबार पुरस्कृत गरेको हो ।

विज्ञान संकायका विद्यार्थी सहभागी ‘विज्ञान प्रदर्शनी’ मा कक्षा १२ का आयुषा ढकाल र करुणा सुनारको स्मार्ट सिटी ‘प्रोजेक्ट ९९’ शीर्षकको प्रस्तुति सर्वोत्कृष्ट हुँदै नगद २० हजार जित्न सफल भयो । यस्तै, कक्षा ११ की नम्रता क्षेत्रीको ‘इन्डिकेटर डस्टविन’ प्रोजेक्ट दोस्रो बन्दै १५ हजार हात पारे ।

यसैगरी, कक्षा ११ की छात्राहरु स्नेहा गिरी, रश्मी तिमिल्सिना र सुस्मिता खत्रीको समूहले बनाएको ‘वाईफाई कार’ र कक्षा १२ का सबिन गुरुङ र सगुन गुरुङको ‘सोलार ट्रयाक्टर’ले तेस्रो स्थान प्राप्त गर्दै जनही नगद सात हजार पाँच सय, मेडल र प्रमाणपत्र हात पारे । विज्ञान प्रदर्शनीमा कक्षा ८ देखि १२ कक्षासम्मका ६२ टोलीले सहभागिता जनाएका थिए ।

व्यवस्थापन संकाय तर्फ सहभागी ‘व्यवसायिक योजना’ कार्यक्रममा ‘पिग फार्मिङ’ शीर्षकमा सहभागी कक्षा १२ का सम्पूर्ण पौडेल र सबिन थापा सर्वोत्कृष्ट बन्दै नगद १५ हजार जिते । उनीहरुले उक्त प्रोजेक्ट सञ्चालन गर्न चाहेमा बिऊ पुँजीका रुपमा विद्यालयले ५ लाख नगद सहयोग गर्नेछ ।

यस्तै, कक्षा ११ की छात्राहरु सुविक्षा मल्ल, रेनुमा खातुन र अञ्जली तामाङको ‘टेस्ट अफ नेपाल’ प्रस्तुति दोस्रो बन्दै नगद १० हजार प्राप्त गरेको छ । कक्षा १२ की छात्राहरु प्रतिमा भट्टराई र अस्मिता पोखरेलको ‘डिटर्जेन्ट कम्पनी’ शीर्षकको प्रस्तुति र कक्षा ११ की छात्राहरु पूर्णिमा पौडेल र सृष्टि शर्माको ‘विवाह योजना’ शीर्षकको प्रस्तुति तेस्रो बन्दै जनही ५ हजार नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत भयो ।

यी दुवै विधामा थप ५ टोलीलाई थर्ड रनरअप उपाधिसहित जनही २ हजारले पुरस्कृत पनि गरिएको थियो । यस्तै, सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो ।

विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार दशैंको लामो बिदाको समयमा विद्यार्थीहरुलाई कुनै गृहकार्यको बोझ नबोकाई सिर्जनशील बन्न विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन र व्यवस्थापन विषय पढेपछिको योजना बुन्न आह्वान गरिएको थियो । विद्यार्थीले बनाएका विभिन्न उपकरण तथा योजना उक्त प्रदर्शनीमा प्रस्तुत भएका थिए । विद्यार्थीले आफ्नै खर्चमा आवश्यक सामाग्री जुटाएका हुन् । सामान बनाएका हुन् ।

यसैबीच, विहीबारदेखि नै प्लस टुका विद्यार्थीहरुबीचको स्पोर्टस् मीट २०७९ शुभारम्भ गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा. डा. सरोज कोइरालले खेलकुद प्रशिक्षकहरु हेमन्त गुरुङ, राजेन्द्र पुन र कुमार किसानलाई बल हस्तान्तरण गरी स्पोर्टस् मीटको शुभारम्भ गर्नुभएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि डा कोइरालाले प्रतिभा माविको विविध क्रियाकलापले यस विद्यालय गण्डकी क्षेत्रकै अग्रणी विद्यालयका रुपमा स्थापित भएको बताउनुभयाे । क्याम्पसमा उत्कृष्ट पठनपाठन हुने भएकाले कक्षा १२ को समाप्तिपछि पृथ्वीनारायण क्याम्पसमै पढ्न पनि सकिने भन्दै उहाँले प्रतिभाका विद्यार्थीले राष्ट्रिय अन्तर्राष्ट्रिय शिक्षण संस्थाहरुमा उत्कृष्ट बन्दा खुशी लागेको उल्लेख गर्नुभयाे ।

बीबीएमा नाम निकाल्ने उत्कृष्ट २० मध्ये सर्वप्रथम हुनेदेखि सर्वाधिक १४ जना विद्यार्थी प्रतिभाकै रहेको निर्देशक किरण सापकोटाले जानकारी दिएका थिए । प्रतिभाका विद्यार्थी एमबीबीएस, ईञ्जिनियरिङ, वन विज्ञान, कृषि तथा काठमाण्डौ लगायतका विभिन्न विश्वविद्यालयमा सर्वोत्कृष्ट हुँदै छात्रवृत्तिमा निःशुल्क पढिरहेको पनि सापकोटाले बताउनुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय भलिबल महिला टीमकी कप्तान अरुणा शाहीले विद्यार्थीहरु सैद्धान्तिक शिक्षासँगै खेल लगायत अतिरिक्त क्रियाकलपामा पनि अब्बल हुनुपर्ने बताउनुभयाे । शाहीलाई यसअघि विद्यालयले १ लाख नगदको वर्ष प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिसकेको छ ।

विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले कक्षागत उत्कृष्टतासँगै सिकेको ज्ञानलाई व्यवहारमै उतार्न यस्ता प्रदर्शनी तथा योजना प्रस्तुत कार्यक्रम फलदायी हुने बताउनुभयाे ।

वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत आयोजित स्पोर्टस् मीटमा छात्ररछात्रा बास्केटबल, छात्ररछात्रा भलिबल । छात्र फुटसल, सिंगलरडबल छात्ररछात्रा टेबलटेनिस र चेस खेल हुनेछन् । कक्षा ११ र १२ का विद्यार्थीहरुले अन्तरसदनात्मक रुपमा सहभागिता जनाउनेछन् ।

प्राचार्य विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक वीरसिंह बुढाले गरेका थिए । विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउन, बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । अरुणा शाहीसँगै सन्दिप लामिछानेलाई प्रतिभाले नगद एक लाखले सम्मान गरिसकेको छ । विद्यालयले मुलुकमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शुरती पाण्डेलाई समेत एकमुष्ठ डेढ लाख बढीले सम्मान गरिसकेको छ ।


काठमाडौं

बुधबार, मंसिर १३, २०८०

१७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधवार यूएई जाने

ओलीको टिप्पणी, मुर्खहरुले मात्रै राजतन्त्र मान्छन्

प्रचण्ड–बाबुराम बिचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छः...

‘गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ’

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

प्रकाश दूतराजको गीत ‘रिमै’ करिब चार हप्तामै करोड क्लबमा