पोखरा । गण्डकी प्रदेश सभा सदस्य कास्की १ क मा नेकपा एमालेका उम्मेदवार खगराज अधिकारी विजयी हुनुभएकाे छ। सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका दिपक कोइरालाई ३ हजार ९ सय ९६ मतले पराजित गर्दै अधिकारी निर्वाचित हुनुभएकाे हाे ।
संघीय सरकारका पूर्व गृहमन्त्री समेत रहनुभएका खगराज अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा माओवादीका उम्मेदवार दिपक कोइरालाले ११ हजार ६ सय २७ मत ल्याउनुभएकाे छ । एमालेका अधिकारी आफ्नो पार्टीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ । कोइराला पूर्व गण्डकी प्रदेश सांसद हुनुहुन्छ ।
हाम्रो नेपाल पार्टीका उम्मेदवार मदन बहादुर केसीले ३ हजार ६ सय २९ मत ल्याउनुभएकाे छ । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापाले ३ हजार ५ सय ३४ मत ल्याएर चौथो स्थानमा रहनुभएकाे छ ।
कास्की क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित भइसक्नुभएकाे छ , भने कास्की १ ख प्रदेश सभामा नेकपा एमालेकै वेदबहादुर गुरुङ श्याम विजयी भइसक्नुभएकाे छ ।