पोखरा । कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित हुनुभएकाे छ । उहाँले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा निश्चित गर्नुभएकाे हाे ।
भट्टराईले १६ हजार ९ सय ९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४ सय ९५ मत ल्याउनुभएकाे थियाे । कँडेलले सुरुआती मतगणनामा लगातार अग्रता बनाइरहनुभएकाे थियाे । तर, पछि विद्या भट्टराईले उछिन्दै भारी मतान्तरसहित विजयी हुनुभएकाे हाे ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६ सय ५९ मतसहित तेस्रो स्थानमा रहनुभयाे ।