नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कैलालीको गोदावरी नगरपालिका -१ अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेयले सचिव भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयाे ।
उहाँकाअनुसार धनगढी उपमहानगरपालिका-१४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका-२ बस्ने दीपेन्द्र विकलाई पक्राउ गरिएको हो । दुवैलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ ।
उनीहरू घरमा प्रवेश गरेका बेला भट्ट धनगढीमा बिरामी भेट्न गएको स्वकीय सचिव हितेश ओझाले बताउनुभयाे । घरमा सहयोगीका रूपमा कार्यरत मनोज धामी र उहाँकी श्रीमती माया धामीलाई तिमीहरू र तिम्रो मन्त्रीलाई मारिदिन्छु भनेर धम्की दिएको ओझाले बताउनुभयाे ।
‘बिहान ८ बजेको समयमा म घरमा नभएको बेला घरमा आएर कहाँ छ रु मन्त्री त्यसलाई ठीक पार्छौं भन्दै धम्की दिएछन्,’ भट्टले भन्नुभयाे, ‘म धनगढी रहेको अवस्थामा यस्तो घटना भएछ । मैले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छु ।’
source:-onlinekhabr