कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गरेको आशंकामा ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार नेपाल र यूएईबीचको खेल जारी रहँदा दर्शकदीर्घामा बसेर सट्टेबाजी गरेको आशंकामा ५० जनालाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।
सीआईबीका प्रवक्ता कमल थापाले शंकास्पद गतिविधि गरेको आशंकामा त्रिवि क्रिकेट मैदानबाट ५० जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयाे।
उहाँले भन्नुभयाे, ''गोप्यसूचनाका आधारमा केहीदिन अघिदेखि हामीले निगरानी गरिरहेका थियौं। सोही आधारमा उनीहरुलाई पक्राउ गरेको हो। अनुसन्धान भइरहेको छ।''