काठमान्डौं । नेपाली बजारमा सुनको मुल्यमा वृद्धि भएको छ। शुक्रबार सुनको मूल्य १ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावल सुन मुल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा काराेबार भएकाे थियो।
आज तेजावी सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम गरिएको छ। आज चाँदीको मूल्य भने घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार २ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
बिहीबार चाँदी तोलामा १० रुपैयाँले घटेको थियो।